मंगलवार, असोज ७, २०७६
    खेल संसार

    विश्वकप क्रिकेट : अफगानिस्तानको धारिलो बलिङ, भारत २ सय २४ रनमै समेटियो

    शनिबार, ७ आषाढ २०७६, आहाखबर

    एजेन्सी, ७ असार

    इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानिस्तानलाई २ सय २५ रनको सामान्य लक्ष्य दिएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २४ रन मात्रै बनाएको हो ।

    भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रन बनाए । यस्तै केदार जादवले ५२, केएल राहुलले ३०, विजय शंकरले २९ र महेन्द्रसिंह धोनीले २८ रन जोडे पनि अन्य ब्याट्म्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

    भारतलाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका मोहम्मद नावी र गुल्वादिन नाइबले समान दुई तथा मुजीब उर रहमान, अफ्ताब आलम, राशिद खान र रहमत शाहले एक–एक विकेट लिए ।

    ४ खेलबाट सात अंक जोडेको भारत अंकतालिकाको चौथो स्थानमा छ भने आफूले खेलेका पाँचै खेलमा जितविहिन बनेको अफगानिस्तान अंकतालिकाको पुछारमा रहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast