शुक्रबार, मंसिर ६, २०७६
    स्वास्थ्य

    रेसम चौधरीको स्वास्थ्य अवस्था गम्भीर, नेलले बाँधेर उपचार गरेपछि बाबुरामको आपत्ति

    शनिबार, ७ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, ७ असार ।

    टीकापुर काण्डका मुख्य योजनाकारको अभियोगमा जन्मकैद भोगिरहेका सांसद् रेसम चौधरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको वीर अस्पताल उपचार भईरहेको छ । 

    उपचारका क्रममा नेल र हत्कडीले बाँधेर राखिएपछि पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कडा आपत्ति जनाएका छन् ।

    उनले यो घटना कति ‘मानवोचित र विधिसम्मत’ हो भनेर प्रश्न पनि गरेका छन् ।

    निलम्बित सांसद रहेका चौधरीलाई मेरुदण्ड र फोक्सोमा समस्या आएपछि वीर अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ । तर उनलाई शैयामै फलामे नेल र हत्कडीले बाँधेर राखिएको छ ।

    भट्टराई शुक्रबार रेशमलाई भेट्न वीर अस्पताल पुगेका थिए ।

    ‘टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ? हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू न्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण’, बाबुरामले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै लेखेका छन् ।

    हाडजोर्नी र फोक्सोमा गम्भीर समस्या देखिएपछि उनलाई साङ्लोमा बाधेरै अस्पताल पुर्याईएको डिल्लीबजार कारागार प्रशासनले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast