मंगलवार, श्रावन ७, २०७६
    अध्यात्म चर्चा

    साष्टांग प्रणाम गर्नुको वैज्ञानिक कारण यस्तो छ

    शुक्रबार, ६ आषाढ २०७६, आहाखबर

    एजेन्सी, ६ असार

    हिन्दुहरूमा प्रणामको आफ्नै महत्व छ । मान्यताका अनुसार आफूभन्दा ठूलोको पाउमा ढोगर प्रणाम गर्नु यहाँको संस्कृति हो ।

    यसरी ढोग्दा मानिसले जमिनमा पूरै सुतेर टाउकोले मान्यजनको पाउ छुन्छन् जसलाई साष्टांग प्रणाम भनिन्छ । आठवटा अंगसिहत गरिने प्रणाम भएकाले सा)षंग भनिएको हो । तर यो पुरुषका लागि मात्र विधान गरिएको छ । महिलाका लागि यो वर्जित छ ।

    यो आसनमा शरीरका प्रमुख भागहरूले जमिन छुने हुनाले यसका अनेकौं फाइदा छन् । धर्तीसँग निकटता हुनु भनेको स्वस्थताको लक्षण हो ।

    महिलालाई चाहिँ यो यसरी प्रणाम गर्न नदिइनुको कारण भनेको गर्भ र वक्षस्थलले जमिनलाई स्पर्श गर्न हुँदैन । एउटा जीवनलाई नै गर्भले पालेर राख्ने अनि वक्षले त्यो जीवनलाई पालन गर्ने हुनाले यी अंगहरूलाई जमिनमा दबाउन नहुने मान्यता हो ।

    आधुनिक मानिसलाई त यो आसन पुरानो रूढि मात्र लाग्न सक्छ तर यसले व्यक्तिले अहंकारत्यागलाई प्रतीक बनाउँछ । अहंकारलाई त्यागेर ईश्वरप्राप्तिको मार्गमा लागेको यसले देखाउँछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast