शनिबार, जेष्ठ १७, २०७७
    स्वास्थ्य

    मानव स्वास्थ्यका लागि निकै लाभदायक लिची

    शुक्रबार, ६ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, ६ असार

    राजधानीसहित देशका अधिकांस स्थानमा गर्मी बढ्दो छ । यो समयमा बजारमा विभिन्न प्रकारका फलफूल पाइन्छ । यो समय लिचीको पनि मौसम हो । 

    लिची स्वास्थ्यवर्धक हुनुका साथै यसमा प्रसस्तै पोष्टिक गुण पाइन्छ । लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी र बि कम्प्लेक्ससँगै पोटासियम, क्याल्सियम जस्ता खनिज पदार्थ पाइन्छ । लिची खाँदा अनुहारमा निखार आउँछ भने चाउरिपन पनि हट्छ । 

    लिचीमा पाइने क्याल्सियम, फस्फोरसले बच्चाको शारीरिक गठनमा महत्वपुर्ण भूमिका खेल्छ । लिची आनामा मुटु स्वस्थ हुन्छ भने क्यान्सर सेल्स र ट्युटम पैदा हुनबाट रोक्छ । जसले मलद्धारमा हुने क्यान्सरको खतरा हुँदैन । 

    चिसो लागेको छ र घाटीमा दुकेको छ भने पनि लिची खानु लाभदायक हुन्छ । धेरै फाइदाजनक भएपनि लिची सिमित मात्रमा मात्र खानुपर्छ । धेरै खाँदा स्वास्थ्यका लागि हानिकारक हुन्छ । 

    एक पटकमा १०–११ वटा लिची खानु लाभदायक हुन्छ । यो भन्दा धेरै खाएमा टाउको दुख्छ भने शरीर चिलाउने, जिब्रो र ओठ सुन्निनुका साथै सास फेर्न समेत कठिन हुन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast