बिहिवार, कार्तिक २८, २०७६
    बिदेश

    जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै

    बिहिवार, ५ आषाढ २०७६, आहाखबर

    एजेन्सी, ५ जेठ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच जापानमा भेट हुने भएको छ । आउँदो हप्ता जापानमा हुन लागेको विश्वका २० आर्थिक शक्तिका राष्ट्रप्रमुखहरुको सम्मेलनमा दुई नेताबीच भेट हुने भएको छ ।

    अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार ट्रम्पले पुटिनसँगको भेट तय भएको खुलाएका छन् । ट्रम्पले भनेका छन्,‘म पुटिन र सि जिङपिङलाई भेट्दैछु ।’ विश्वकै दुई शक्तिशाली देशका राष्ट्रप्रमुखहरुबीचको भेटबारे विश्वको चासो रहेको छ ।

    रुस र चीनसँग अमेरिकाको सम्बन्ध पछिल्लो समय चिसिदै गएको छ । क्रेमलिनको विषयमा अमेरिकाले रुसप्रति कडा नीति लिदै आएको छ । चीनसँग अमेरिकाको व्यापार सम्बन्ध बिग्रिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast