बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार

    बिहिवार, ५ आषाढ २०७६, आहाखबर
    (सांकेतिक तस्बिर)
    चितवन, ५ असार
     
    पूर्वी चितवनको राप्ती नगरपालिकाबाट गोर्खातर्फ लैजाँदै गरेका ४१ चेपाङ बालबालिकालाई स्थानीय प्रशासनले आज उद्धार गरेको छ । 
     
    नगरपालीकाको वडा नम्बर १३ का ४१ बालबालिका र १३ अभिभावकलाई गोर्खाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ छोप्राकतर्फ लैजाँदै गर्दा भरतपुरको गोन्द्राङबाट उद्धार गरिएको हो । 
     
    प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार सूचनाका आधारमा प्रहरी चौकी गोन्द्राङलाई परिचालन गरी ती बालबालिका, अभिभावक र छोप्राकको एक विद्यालयका प्रध्यानाध्यापकलाई आज दिउँसो नियन्त्रणमा लिइएको हो । विद्यालयमा विद्यार्थी कम भएपछि आवासीय रुपमा पढाउने भन्दै ती प्रधानाध्यापकले बालबालिका लगेको स्वीकार गरेका छन् । 
     
    प्रमुख जिल्ला अधिकारी बस्नेतले बालकल्याण समितिको निर्णय विना बालबालिका ओसारपसार गर्न नपाइने जानकारी दिनुभयो । उद्धार गरिएका बालबालिका र अभिभावकलाई नगरपालिकालाई बुझाउने र पक्राउ परेका प्रधानाध्यापकलाई थप अनुसन्धान गरिने प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । बालबालिका ओसारपसार गर्नुको कारण बारेमा अनुसन्धान गरिने बताइएको छ ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast