बिहिवार, कार्तिक २८, २०७६
    सावधान

    सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान

    बिहिवार, ५ आषाढ २०७६, आहाखबर
    काठमाडौँ, ५ असार
     
    काठमाडौँको चाबहिलमा सहकारी संस्था स्थापना गरी ठगी गर्ने एक जना आज जेल चलान भएका छन् । उच्च अदालत पाटनको विसं २०७३ जेठ २५ को फैसलाले रु आठ लाख ४६ हजार जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका काठमाडौँ महानगरपालिका– ७ का रोशन श्रेष्ठ आज कारागार चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले जनाएको छ । 
     
    फैसलापछि फरार हुँदै आएका उनलाई बुधबार ललितपुरको कुपण्डोलबाट पक्राउ परी काठमाडौँ जिल्ला अदालत पेश गरिएकामा आज कारागार चलान भएको सिआइवीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।
     
    श्रेष्ठसहितको समूहले काठमाडौँको चाबहिलस्थित साइन बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना गरी ठगी गरेको आरोपमा जाहेरी परेको थियो । उनीहरुले सर्वसाधारणलाई झुठो प्रलोभनमा पारी रु ३३ लाख ८५ हजार ५०० रकम सङ्कलन गरेर संस्था नै बन्द गरी ठगी गरेको प्रहरीले जनाएको छ । 
     
    उक्त मुद्दामा अदालतले श्रेष्ठको हकमा दामासायीबाट हुन आउने रु आठ लाख ४६ हजार २५० बिगो कायम गरी सोहीबमोजिम जरिवानाको फैसला गरेको थियो । श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले आजै कारागार चलान गरेको सिआइवीले जनाएको छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast