मंगलवार, श्रावन ७, २०७६
    यातायात

    सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते

    बिहिवार, ५ आषाढ २०७६, आहाखबर

    साँखु, ५ असार । 

    गोकर्णेश्वर नगरपालिका–४ इटी चोकमा बिहिबार दिउँसो १ बजे सार्वजनिक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

    सुन्दरीजलबट रत्नपार्क जाँदै गरेको बा१ख ८७४४ नंको बस दुर्घटना हुँदा बसकै सहचालक सागर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    बसमा सवार अन्य २० जना घाइते भएको र उनीहरुको उपचार जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । 

    बस सडकबाट पाँच फिट तल खेतमा पल्टिएको थियो । चन्दका अनुसार सवारी चालकलाई नियन्त्रणमा लिइएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast