मंगलवार, श्रावन ७, २०७६
    कला-सौन्दर्य

    पहिला करिअर बनाउनु छ, अनि लभ त छदैछ

    बिहिवार, ५ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, ५ असार । 
    आम दर्शकका मनमा बस्ने गरी स्थापित हुने ठूलो उत्साहको साथ कलाकारिता क्षेत्रमा लागेकी छिन्— तृप्ति श्रेष्ठ । सानैदेखि स्कुलमा प्रोग्राम हुँदा गायन र डान्समा भाग लिने उनी बुबा र दिदी कलाकारिता क्षेत्रमै भएकाले रंगिन दुनियामा आउन प्रेरित गर्यो । तर उनी ढिलो गरी यो क्षेत्रमा लागिन् । 

    उनले दुई वटा चलचित्र, दुई वटा नै म्युजिक भिडियो र केही सर्ट मुभी खेलिन । मिसेस राजधानीमा फोटोजेनिक र म्यानेजमेन्ट च्वाइस अवार्ड समेत जितिन । बाहिर हेर्दा जति सजिलो हुन्छ, त्यति सजिलो नहुने उनको अनुभव छ । संगितको विद्यार्थी तृप्ति नवकलाकारलाई एकदमै गाह्रो रहेको बताउँछिन् । भविश्यमा राम्रो कलाकार बन्ने लक्ष्यका साथ संघर्षको मैदानमा उत्रिएकी उनी एक दिन राम्रैसँग स्थापित हुने विश्वासमा छिन् ।

    ‘रुची पहिलादेखि नै भएपनि यो क्षेत्रमा लागेको भर्खरभर्खरै हो’ उनले विगत स्मरण गर्दै भनिन् ‘सबैलाई थाहा भएकै कुरा हो । धेरैले भाग्नुपर्ने भएको त यस क्षेत्रमा । काम पाउन धेरै गाह्रो छ । राम्रो मान्छे भेटिन गाह्रो छ । मैले पनि त्यस्तो समस्या भोगेको छु । मैले उहाँहरुको त्यस्तो कुरा (गलत) लाई इग्नोर गर्दा के भन्नुहुन्थ्यो भने ट्यालेन्ट भएर मात्र अगाडि बढ्न सकिदैन । कम्प्रोमाइज त गर्नैपर्छ । अप्रत्यक्ष रुपमा नराम्रो कुरा गर्नुहुन्थ्यो । बारम्बार भेट्नुपर्ने, घुम्न जानुपर्ने आदि । 

    तर, हरेस नखाई संघर्ष गर्दा एक न एक दिन राम्रो मान्छे अवश्य भेटिन्छ । मैले त्यस्ता कति राम्रा मान्छे भेटेर काम पनि गरेको छु । काम दिने मान्छेले त एक पटक भेटेर डिटेल कुरा गरे भइहाल्यो नि । मैले भर्खर गरेको भिडियो ‘बाँचे भने’ मा गीत सुनेँ, एकै चोटी सुट भयो । यहाँबाट प्रुफ हुन्छ कि यो फिल्डमा नराम्रो मान्छे मात्र होइन भगवानजस्ता मान्छेहरु पनि हुनुहुन्छ ।’

     

    क्षमताको आधारमा कलाकारिता क्षेत्रमा स्थापित हुने उनको विश्वास छ । ‘मैले नराम्रो प्रस्ताव स्वीकार गरेको भए अझै संघर्ष गरिरहेको हुने थिएनँ । लक्ष्यमा पुगिसक्थेँ होला । तर, मलाई त्यसरी अगाडि बढ्नु छैन । म चाहन्छु कि कसैले मलाई काम दिओस त कम्प्रोमाइजमा होइन, मेरो क्षमता हेरेर । मैले विस्तारै राम्रो काम पाइरहेको पनि छु ।’

     

    कसैको व्यक्तिगत इच्छा पुरा गरेर अगाडि बढ्नेहरु लामो समय टिक्न नसक्ने उनको दावी छ । ‘त्यसरी गरेको काम लामो समय टिक्दैन, न त राम्रो नाम नै रहन्छ । त्यसरी त कला क्षेत्रमा कला भन्दा विकृतिले नाम चल्छ । कला रहँदैन, कला हुने मान्छे पछाडि पर्छन ।’
     
    कलालाई बदनाम गर्न आफूलाई यो फिल्डमा छु भनेर सोझो मान्छेलाई फसाउँदेखि सचेत हुनुपर्ने उनको सुझाव छ । उनले भनिन्, ‘कोही केटी मान्छेसँग नराम्रो प्रस्ताव राखेर त कोही पैसावाला केटा मान्छेहरुसँग यो गर्दिन्छु, त्यो गर्दिन्छ भनेर पैसा मागेर कामको आश देखाउँछन् । र कलाको नाममा कथाले नमागेको ठाउँमा पनि चाहिने भन्दा बढी नै गर्छन ।’
    ग्लामर र भल्गर छुट्याउनुपर्नेमा उनले जोड दिइन् । कथाले मागेर सुहाउने तरिकाले गर्ने अनि कथाले नमागी नसुहाउने तरिकाले गर्नु फरक भएको उनको बुझाइ छ ।  

     

    उनी करिअर बनाउने बेला भएकाले लभमा नपरेको उनी बताउँछिन् । ‘मलाई पहिला आफ्नो करिअर बनाउनु छ, अनि लभ त छदैछ’ उनले थपिन, ‘लभ त्यो हो, जहाँ केयर हुन्छ । एउटा बुझाइ हुन्छ ।  एक अर्काको दुःख, सुख बुझेर साथ दिन्छन । लभमा याट्याचमेन्ट हुनु जरुरी छ ।’ 

    प्रियंका कार्की र दयाहाङ राई उनलाई सेक्सी लाग्छ । उनले भनिन्, ‘उहाँहरुको याक्टिङ राम्रो लाग्छ र जस्तो रोल पनि सुहाउँछ । प्रियंका सिम्पल रोल पनि निभाउनुहुन्छ, बोल्ड त भन्नैपर्दैन । जे होस पर्फेक्ट लाग्छ । अनि दयाहाङलाई कमेडी रोल पनि सुहाउँछ, सोझो, सिम्पल पनि सुहाउँछ ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast