बिहिवार, कार्तिक २८, २०७६
    खेल संसार

    एशियन यु–२० कुराश च्याम्पियनसिप : नेपाललाई कास्य पदक

    बुधबार, ४ आषाढ २०७६, आहाखबर
    काठमाडौँ, ४ असार ।
     
    मित्र राष्ट्र थाईल्याण्डको पतया सहरमा भएको छैटौं एशियन यु – २० जुनियर कुराश च्याम्पियनसिपमा नेपालले कास्य पदक प्राप्त गर्न सफल भएको छ । 
     
    महिला ५७ केजी तौल समूहमा कृती शर्माले नेपालका लागि कास्य दिलाएकी हुन् । ८ राष्ट्रको प्रतिस्पर्धा रहेको ५७ केजी तौलको सेमिफाईनलमा शर्मा कुराश खेलका लागि निकैनै राम्रो मानिने उज्वेकिस्तानकी खेलाडी मामासाहेवा ईरोदा संग पराजित भएकी संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी गराईन् ।
     
    प्रतियोगितामा सहभागि हुन शर्मा सहित बिपल तुलाधर र शेरबहादुर घर्ती पनि थाईल्याण्डमा छन् । बाँकी खेलाडीहरुको प्रतिस्पर्धा बिहिबार हुने महासचिव खरेलले जानकारी गराईन् । 
     
    प्रतियोगिताकै दौरान भएको एशियन कुराश महासंघको कँग्रेशमा नेपाल कुराश संघकी महासचिव प्रतिक्षा खरेलले सहभागिता जनाएकी छिन् ।
     
     
    निलेन्द्रलाई साटाको अध्यक्षमा निरन्तरता
     
    नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले दक्षिण एशियाली ट्राईयाथलन संघ (साटा) को अध्यक्षमा निरन्तरता पाएका छन् । यस अघि पनि अध्यक्ष रहेको श्रेष्ठलाई दक्षिण कोरियाको ग्योङ्गजुमा भएको दक्षिण एशियाली ट्राईयाथलन संघको साधारण सभाले श्रेष्ठलाई पुनः ४ बर्षका लागि अध्यक्षमा निरन्तरता प्रदान गरेको कोरियाबाट अध्यक्ष श्रेष्ठले जानकारी गराएका छन् । 
     
    संघको उपाध्यक्ष्मा मालदिभ्सका माहिद सरिफ, महासचिवमा भारतका राकेश गुप्ता, कोषाध्यक्षमा बंगलादेशका महमुदुल करिम र सदस्यमा श्रीलङकाका साम विक्रमासिंघे रहेका छन् ।
     
    दक्षिण एशियाली ट्राईयाथलन संघको अध्यक्षमा निर्वाचित भए पश्चात श्रेष्ठ स्वत: एशियाली ट्राईयाथलन महासंघको सदस्यमा मनोनित हुनेछन् ।
     
    एशियन ट्राईयाथलनको साधारण सभामा सहभागिता जनाउन अध्यक्ष श्रेष्ठ र सचिव ललित कुमार लामा हाल दक्षिण कोरियामा रहेका छन् । 
     
     
    ईनोभेटिभको विजयी यात्रा जारी
     
    ईनोभेटिभ स्कुलले ओलम्पिक डे का अवसरमा ज्ञानोदय स्कुलको आयोजनामा भएको अन्तरस्कुल बास्केटबलमा चौथो दिन पनि जित निकाल्दै विजयी यात्रालाई जारी राखेको ।
     
    बुधबार सम्पन्न खेलमा ईनोभेटिभले एस स्कुलमाथि २७ – ६ अंकको जित निकाल्दै आफ्नो अपराजित यात्रालाई कायम गर्नुका साथै अग्रस्थानलाई पनि कायम गरेको छ । ईनोभेटिभका लागि प्रमोदले १० अंक जोडे ।
     
    यस्तै आजै भएको खेलमा मोक्षदा स्कुलले लिभरपुलमाथि सुदीपको एक्लो १० अंक मद्धतले १० – ४ अंकले पराजित गर्यो । अर्को खेलमा एलएले लिभरपुललाई ३६ – ६ अंकले पराजित गर्यो । एलएका अंकित गुप्ताले १० अंक जोडे ।
     
     
    राउण्ड रोविनको आधारमा खेलाईको प्रतियोगितामा विजयी टिमको छिनोफाने पनि सोही आधारमा हुने आयोजकले जनाएका छन् । ६ बिद्यालय सहभागी प्रतियोगितामा चार खेलमा चारै जित निकाल्दै ईनोभेटिम अग्र स्थानमा रहेको छ । यस्तै तीन जित र एक हारका साथ एलएले ईनोभेटिभलाई पच्छाईरहेको छ । 
     
    दुई जित र दुई हारका साथ आयोजक ज्ञानोदय र मोक्षदा तेश्रो स्थानमा रहेका छन् । एक जित र तीन हारका साथ एस चौथो स्थानमा तथा चार खेलमा चारै हारका साथ लिभरपुल अन्तिम स्थानमा रहेका छ ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast