सोमबार, मंसिर २, २०७६
    सार्क

    भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ?

    बुधबार, ४ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, ४ असार ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई बुधबार ४९ वर्ष पुगेको अवसरमा शुभकामना दिएका छन् ।

    गान्धीको जन्मदिनका अवसरमा देशभरका समर्थकहरुले उत्सव मनाउँदै शुभकामना तथा बधाई दिइरहेका छन् ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कांग्रेस अध्यक्ष गान्धीलाई जन्मदिनको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत उनले राहुलको सुस्वासथ्यको कामना पनि गरेका छन् ।

    मोदीले लेखेका छन्, ‘राहुल गान्धीलाई उनको जन्मदिनका अवसरमा हार्दिक शुभकामना, उनको सुस्वास्थ्य र दीर्घायूको कामना ।’

    कांग्रेस पार्टीले अध्यक्ष राहुलको जन्मदिनका अवसरमा उनका पाँच उत्कृष्ट भाषणलाई ट्वीटरमा पोष्ट गरेर शुभकामना दिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast