बिहिवार, जेष्ठ २२, २०७७
    मुभी-थिएटर

    ‘लप्पन छप्पन २’ बन्ने पक्का, कमलादीस्थित गणेशस्थान मन्दिरमा गरियो शुभ-मुहूर्त

    बुधबार, ४ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, ४ असार 

    ‘लप्पन छप्पन’ नामक सिनेमाको दोस्रो सिक्वलको शुभ-मुहूर्त सम्पन्न भएको छ ।बुधबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा ‘लप्पन छप्पन २’को शुभ-मूहूर्त गरिएको हो ।

    शुभ-मुर्हुतमा निर्देशक भट्टसहित अभिनेता अर्पण थापा, अनुपबिक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा, छायाँकार पुरुषोत्तम प्रधानलगायतको टिमले क्यामरा पुजा गरे ।

    सिनेमाको मुख्य कलाकार दयाहाङ राई र सौगात मल्ल भने कार्य व्यस्तताको कारण उपस्थित हुन् सकेनन् ।

    नेपालसँगै अस्ट्रेलिया र युरोपको देशमा छायाँकन हुने सिनेमामा देवु श्रेष्ठ, सुरविना कार्की, सिर्जना सिना सन्नी ढकाल र फाजिल अहमदको पनि अभिनय रहनेछ ।

    सुरेन्द्र पौडेलको सम्पादन रहने सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।एक्सन जनरामा निर्माण हुने ‘लप्पन छप्पन २’लाई महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते रिलिजको घोषणा पनि गरिएको छ ।

    सिनेमा  भने असार ११ देखि मात्र फ्लोरमा जानेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast