मंगलवार, श्रावन ७, २०७६
    धर्म-संस्कृति

    सरकारले गुठी विधेयक फिर्ता लिए पनि नेवार समुदाय माइतीघरमा किन ओइरिए ?

    बुधबार, ४ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, ४ असार ।

    गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ ।

    सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौंको माइतीघरमा विशाल खरबारी सभा आयोजना भइरहेको छ । माइतीघरको खरबदारी सभामा भाग लिनका लागि काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला तथा गुठीयारहरु माइतीघरमा भेला भएका छन् ।

    खबरदारीसभा अघि  ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा र्‍याली निकालेका छन् । त्रिपुरेश्वर, थापाथली लगायतका क्षेत्रबाट र्‍याली निकालिएको हो ।  र्‍याली माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा मिसिएको छ ।

    बिहान ११ बजे माइतीघर मण्डलामा हुने भनिएको सभामा भाग लिनका लागि स्वत: स्फूर्त रुपमा काठमाडौं उपत्यकाका नेवार समुदाय सडकमा ओइरिएका छन् ।

    नेपालको राष्ट्रिय झण्डा हातमा बोकेर नेवारी धुनको लयमा नाराबाजी गर्दै उनीहरु मण्डलामा जम्मा भएका हुन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast