सोमबार, मंसिर २, २०७६
    सार्क

    इन्सेफ्लाइटिसका कारण सयभन्दा बढी बालबालिकाको मृत्यु

    बुधबार, ४ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, ४ असार ।
    भारतको बिहारमा इन्सेफ्लाइटिसको महामारीबाट सयजनाभन्दा बढी बालबालिकाको ज्यान गएपछि सरकारले झन्डै एक सय स्वास्थ्य अधिकारीलाई प्रभावित क्षेत्रमा पठाएको छ । पूर्वी राज्य बिहारको मुजफ्फरपुर जिल्लामा इन्सेफ्लाइटिसबाट प्रभावित क्षेत्रमा सरकारले ती स्वास्थ्य अधिकारी खटाएको हो ।

    राज्य सरकारलाई औषधि–उपचारका साथै रोगजन्य विषयमा आवश्यक सहयोग गर्न उच्चस्तरीय टोली त्यसतर्फ पठाएको केन्द्रले  जनाएको छ । महामारी नियन्त्रणका लागि केन्द्रीय सरकारले मुजफ्फरपुरका विभिन्न स्थानमा अत्याधुनिक प्रयोगशाला पनि राखेको छ । विहारका अन्य क्षेत्रमा पनि इन्सेफ्लाइटिसको खतरा बढ्ने आशंकामा प्रहरीले अन्य जिल्लामा पनि  प्रयोगशाला राख्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केन्द्रीय सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले विहारमा देखिएको सो महामारी नियन्त्रणका लागि सरकारले आवश्यक पहल गरेको बताए ।

    बिहार सरकारले विभिन्न स्थानमा अनुसन्धान केन्द्र तथा प्रयोगशाला राखेर काम गरिरहेको उनले जानकारी दिए । उनले भने, ‘महामारीको अवस्थाको हामीले निकै गहिरोसँग अनुगमन गरिरहेका छौँ । के–कति कारणले महामारी फैलिएको हो भन्नेबारे अनुसन्धान गरिरहेका छौँ ।’ श्रीकृष्ण मेडिकल कलेजका सुपरिटेन्डेन्ट सुनिलकुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ बालबालिकाको मृत्यु भएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast