काठमाडौं, ३ असार ।
फ्राइड राइस भात मन पराउनेहरुका लागि राम्रो परिकार हो । यो साधारण भातको सट्टामा खान सकिन्छ । नेपाली खानपिनमा खाएर बाँकी रहेको बासी भातलाई घ्यु वा तेलमा भुटेर खाने चलन छ । फ्राइड राइस त्यसमा अरु केही सामग्रीहरु थपेर नयाँ स्वाद दिइनु हो ।
फ्राइड राइस बनाउनको लागि आवश्यक सामग्री :
सिमी, क्याप्सिकम, हरियो प्याज, प्याज
सोया सस, जिरा, खुर्सानी, लसुन, घ्यु
हरियो मटर, गाजर
विधि :
भाँडोमा घ्यु तताउने र त्यसमा जिरा, प्याज, लसुन, खुर्सानी फुराउने ।
त्यसमा सिमी, मटर, गाजर, क्याप्सिकम राख्ने र केही मिनेट पकाउने ।
अब त्यसमा भात राख्ने ।
मिक्स गरेर सोया-सस र प्याज राख्ने ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com