बुधबार, असोज १, २०७६
    खेल संसार

    विश्वकप क्रिकेट : भारत र पाकिस्तानबीचको खेलमा इमरानले दिएको आदेश मानेन टिमले !

    आईतवार, १ आषाढ २०७६, आहाखबर

    लन्डन, १ असार ।

    इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भारत र पाकिस्तानबीचको खेल शुरु भएको छ ।

    इङ्ल्यान्डको म्यान्चेस्टरमा भएको यस प्रतिस्पर्धामा पाकिस्तानले टस जिती पहिले क्षेत्ररक्षण रोजेको छ । 
    भारतले ३ ओभरसम्मको खेलमा बिनाकुनै क्षति ११ रन बनाएको छ । भारतका रोहित शर्मा र केएल राहुलले व्याटिङ प्रारम्भ गरेका छन् । 

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि टस जितेको खण्डमा पाकिस्तानको क्रिकेट टोलीलाई पहिले ब्याटिङ गर्न सुझाव दिएका थिए। तर पाकिस्तानी टोलीले टस जितेपनि फिल्डिङ रोजेको छ।

    पाकिस्तानका प्रधानमन्त्री इमरान खान पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान समेत हुन्। उनको कप्तानीमा पाकिस्तानले सन् १९९२ को एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो।

    भारतीय टिममा कप्तान विराट कोहली, रोहित शर्मा, केएल राहुल, विजय शंकर, केदार जादव, एमएस धोनी, हार्दिक पान्ड्या, विनय कुमार, कुलदिप यादव, वाइएस चहल, जसप्रित बुहराह रहेका छन् । 

    यसैगरी सरफराज अहमदको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा फखार जमान, इमाम अल हक, बाबर आजम, मोहम्मद हाफिज, शोएब मल्लिक, इमाद वासिम, शादब खान, हसन अलि, वाहब रियाज र मोहमद आमिर रहेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast