मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, सशस्त्रमा पनि सरुवा (नामावलीसहित)

    आईतवार, १ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १ असार । 
    सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले १९ नायब प्रहरी महानिरीक्षक (डिआइजी)को सरुवा गर्दै विभिन्न कार्यालयका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

    गृह मन्त्रालयले प्रदेश १ मा डिआइजी ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, प्रदेश ५ सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिममा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा छ । प्रदेश २, ५, कर्र्णाली र सुदूरपश्चिममा एक वर्ष अवधि नपुगी डिआइजीको सरुवा भएको छ । 

    प्रदेश ३ मा सरुवा हुँदा डिआइजी शेरबहादुर बस्नेतले दोस्रोपटक प्रदेशको नेतृत्व गर्ने अवसर पाएका छन् । प्रदेश ५ को प्रहरी प्रमुख हुँदा केही महिनामै उनको सरुवा भएको थियो । केही समय विमानस्थल प्रहरीको समेत नेतृत्व सम्हालेका उनी पछिल्लो समय सुरक्षा परिषद्मा थिए । 

    त्यस्तै, विशेष ब्युरोमा कार्यरत कमल जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश १ का केदार रिजालको अन्वेषण, योजना तथा विकास निर्देशनामा सरुवा भएको छ । प्रदेश २ का डिआइजी हरि पाल विशेष ब्युरोको प्रमुख भएका छन् । 

    सुदुरपश्चिम निर्देशनालयका सुरज केसीको सुरक्षा व्यवस्थापन निर्देशनालय, गण्डकीका दानसिंह बोहराको प्रहरी एकेडेमी, प्रदेश ३ का दीपक थापाको ट्राफिक निर्देशनालय, प्रदेश ५ का पिताम्बर अधिकारीको महिला तथा बालबालिका सेवा निर्देशनालयमा सरुवा भएको समाचार नयाँ पत्रिकामा छ । 

    जुनियर प्रहरी एकेडेमी भरतपुरमा हरिभक्त प्रजापतिलाई जिम्मेवारी दिइएको छ भने सो एकेडेमीका महेन्द्र पोखरेको प्रहरी प्रधान कार्यालयको वृत्ति विकास निर्देशनालयमा सरुवा भएको छ । कर्णालीका प्रमुख महेशबिक्रम शाहको सुरक्षा परिषद्मा सरुवा भएको छ । 

    त्यस्तै,  अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीको नेतृत्वमा डिआईजी सूर्यप्रसाद उपाध्याय आएका छन् । महानगरीय प्रहरीको नेतृत्वमा रहने भएपछि विमानस्थलको सुरक्षाका लागि एसएसपीको नेतृत्व दिइएको थियो । 

    सशस्त्रका १३ डिआईजीको सरुवा 
    सशस्त्र प्रहरी बलका १३ डिआईजीको पनि सरुवा भएको छ । १ नम्बर बाहिनी सुनसरीमा नगेन्द्र थापा, ६ नम्बर बाहिनीमा प्रजाभक्त श्रेष्ठ, २ नम्बर बाहिनीमा राजु अर्याल, ७ नम्बर बाहिनी कैलालीमा गोविन्द क्षेत्री र ९ नम्बर बाहिनी काठमाडौंमा चन्द्रप्रकाश गौतमको सरुवा गरिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast