सोमबार, फागुन ५, २०७६
    अावास-निर्माण

    पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम सकियो, असारदेखि पाइपबाटै तेल आयात

    शनिबार, ३२ जेष्ठ २०७६, आहाखबर

    बारा, जेठ ३२ 

    भारतको मोतिहारीदेखि नेपालतर्फको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम सकिएको छ । प्राविधिक कामसमेत यसै साता सकिने जनाइएको छ ।

    पाइप बिच्छाउने काम सम्पन्न भएसँगै वेल्डिङ गरेर जोडिएको पाइपलाई रेडियोग्राफी, जोडिएको विन्दुमा एक्सरे, स्क्यान प्लास्ट गरेर पाइप वेल्डिङकाक्रममा आएका खिया हटाएर चिल्लो स्टिल बनाउने काम यसै साता सकिने भएको हो ।

    नेपाल आयल निगमका विज्ञ इन्जिनियर शरद पौडेलले सबै पाइप बिच्छ्याउने काम सकिएको र साना प्राविधिक काम पनि यसै साताभित्र सकिने बताए ।

    एक सातापछि परियोजना पूर्णरुपमा सम्पन्न हुने र असारमै तेल आयात गर्नसकिने निगमले जनाएको छ । यसका लागि दुवै देशका अधिकारी काममा खटिएका छन् ।

    यो परियोजना २४ अगस्ट २०१५ मा दुई देशबीच सम्झौता भएको थियो ।

    कुल ६९.९ किलोमिटरमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२.६५ किलोमिटर र नेपालतर्फ रक्सौलदेखि अमलेखगन्जसम्म ३७.२५ किलोमिटर पाइप बिच्छ्याइएको छ ।

    आयल निगमले पाइपलाइन बिच्छ्याउने काम सकिएसँगै सन्चालन गृहकार्य अघि बढाएको छ ।

    पाइपलाइन सन्चालन, मर्मतलगायत तालिमका लागि निगमको इन्जिनियर प्राविधिकहरुको एक टोली साताअघि नै भारतको लखनउ गइसकेको छ ।

    पाइपलाइन सन्चालनमा आएपछि नेपालको वार्षिक दुई अर्ब ढुवानीबाटमात्रै जोगिनेछ भने मिसावट, चोरी, लिकेज, बन्द, हडतालबाट यस क्षेत्र मुक्त हुने अपेक्षा गरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast