आईतवार, भाद्र ८, २०७६
    अध्यात्म चर्चा

    भगवान राम र कृष्ण किन भए निला ? निलो रंगमा नै समेटिएको छ असिमितता

    शुक्रबार, ३१ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, ३१ जेठ

    धेरै मानिसहरुको मनमा भगवान श्रीरामचन्द्र र श्रीकृष्णको रुप किन निलो भन्ने प्रश्न जाग्ने गर्छ । भगवान श्रीकृष्ण जन्मदा गोरो नै जन्मिनुभएको थियो । तर यमुनामा रहेका कालिनागको विषको प्रभावले उहाँको छालाको रंग निलो भएको बताइन्छ ।

    भगवान श्रीरामचन्द्र कसरी निलो ? तपाई हेर्नुहोस आकाशको रंग निलो छ । समुन्द्रको रंग निलो छ । समुन्द्रको रंग त आकाशको छायाको कारण नीलो हो तर आकाश किन नीलो छ ? जुन चिज बिशाल हुन्छ, जस भित्र असीमितता हुन्छ त्यसको रंग नीलो हुन्छ ।

    श्रीरामचन्द्रको नीलो वर्ण र कृष्णको नीलो कालो रंगको पछि एक दार्शनिक रहस्य छ। भगवानको यहि रंगले उहाँको व्यक्तित्वलाई दर्शाउछ । यसको पछि भाव छ भगवानको अनन्त व्यक्तित्व छ। त्यसको कुनै सीमा छैन, त्यो अनन्त छ । 

    यो अनन्तताको भाव हाम्रो आकाशसँग मिल्छ । आकाशको कुनै सीमा छैन । त्यो अन्तहीन छ। श्रीरामचन्द्र र कृष्णको रंग यसै आकाश अनन्तताको प्रतीक हो। श्रीरामचन्द्रको जन्म दिनमा भएको थियो । दिनको समयमा आकाशको रंग नीलो हुन्छ ।

    यसै प्रकार कृष्णको जन्म आधी रातमा भएको थियो र रातको समय आकाशको रंग निलो कालो  हुन्छ । दुवै परिस्थितिमा भगवानलाई हाम्रा ऋषि-मुनि र विद्वानले आकाशको रंगसँग प्रतीकात्मक तरिकाले निलो बनाएका छन् ।

    विज्ञानका अनुसार प्रकाश भित्र जुन सपेक्ट्रम (spectrum) मा सात रंग हुन्छ। रातो रंगदेखि नीलो सम्म त्यसमा पनि माथिल्लो हिस्सा नीलो नै हुन्छ । भगवानलाई नीलो बनाएर हाम्रा सन्तहरुले यो सम्झाउन चाहे कि भगवान अथाहा हुनुहुन्छ । अनन्त हुनुहुन्छ । कल्पना भन्दा बाहिर हुनुहुन्छ ।

    वैज्ञानिकहरु पनि यहि भन्छन् कि त्यो जुन अनन्त सत्य (infinite reality) जसको हामी कल्पना गर्न सक्दैनौ त्यो कल्पनातीत छ । जसै तपाई कल्पना गर्नुहुन्छ त्यो अनन्त तत्वको अन्त्य हुनेछ । खुल्ला बोतल भित्र आकाशको जुन तत्व छ, त्यो असिमित छ  जसै बोतल बन्द गरिन्छ त्यो असिमित तत्व सीमित हुन्छ ।  बोतल भित्र बन्द हुन्छ । 

    यस्तै अनन्त तत्व यदि मन, बुद्धिको दायरामा बाधिए , विचारमा वाधिए त्यो फेरी अनन्त रहनेछैन । (the mere concept of infinity is also making infinity, finite and so infinity is never a concept) । यसकारण त्यस अनन्त तत्वलाई सही रुपमा जान्नको लागि हामी मन, बुद्धि र कल्पना भन्दा बाहिर निस्कनुपर्छ ।

    यहाँ सम्म कि जब हामी भगवानलाई अनन्त र अवर्णणीय (undefinable) मान्छौ । तब उहाँलाई अवर्णणीय भन्नु पनि वर्णन गर्नु हो । उहाँलाई निर्गुण भन्नुपनि गुण दिनु हो ।  ताकि निर्गुण पनि एक गुण हो । 

    यस्तो स्थितिमा जो ज्ञानि छन् जसलाई श्रीरामचन्द्रात्माको अनुभूति भएको छ उनिहरु केवल मौन मात्र हुन्छन् । किनभने भगवान के हो वा यो कथा र कल्पनाको मात्र बिषय उनीहरूलाई मात्र थाहा हुन्छ। यो केवलमात्र अनुभूतिको बिषय हो ।

    हाम्रो शास्त्र भित्र प्रमाण वृतिका तीन भाग बताइएको छ - पहिलो हो प्रत्यक्ष, दोस्रो अनुमान र तेस्रो हाम्रा शास्त्र । जस्तै कसैले आगोलाई देखेको छैन भन्यो भने बल्दै गरेको आगो देखाउनु त्यो प्रत्यक्ष प्रमाण भयो । भगवानले अर्जुनलाई प्रत्यक्ष रुपमा आफ्नो विराट रुप देखाउनुभयो ।   

    दोस्रो चीज हो अनुमान । जस्तै कुनै ठुलो हावा चल्छ तब हामी अनुमान लगाउन सक्छौ आधी आइरहेको हुनसक्छ ।  यदि नदिमा बाढि देखिए कतै पहाडतिर ठुलो पानी परिरहेको होला अनुमान लगाउछौ । टाढा कतै धुवा देखे कतै आगो जल्यो भन्ने लाग्छ । यी सबै अनुमान प्रमाण हुन् । 

    यी दुई प्रमाण पश्चात मानिससँग शास्त्र प्रमाण रहन्छ  जसभित्र हाम्रा सन्त महात्माहरुले आफ्नो अनुभवलाई लेखेका छन् । आफ्नो अनुभूतिलाई हामी माझ लेखेर छोडेका छन् कि मैले परमात्माको यस रुपको अनुभुति गरे । ती शास्त्र पढेर हामी अन्दाज लगाउन सक‍्छौ की  श्रीरामचन्द्रात्मा अुभुतिको बिषय हो । 

    केवल कथाको बिषय होइन । साथै सो अनुभुति हामीले पनि प्राप्त गर्नु पर्छ । यसकारण भगवानको बारेमा हामी पहिले  खोज्नुपर्नेछ प्रत्यक्ष अनुभुतिको, अनुमान र शास्त्र त पछिका कुरा हुन् ।

    सन्तहरु भन्छन्,'जब तिमीमा आफू भित्र अध्यात्मिक अनुभव हुनेछ तब तिमीलाई थाहा हुनेछ कि 'धर्म' के हो 'परमात्मा' के हो भनेर । यदि केवल शास्त्र पढेर भन्नेछौ कि ऋषिहरुलाई महा पुरुषहरुलाई अनुभव भएको थियो तब तिमीलाई केहि मिल्ने छैन । 

    तिमी धर्मको वास्तविक मर्मलाई बुझ्न सकेनौ । आफ्नो छिमेकीको खेत हरियो हेरेर आफ्नो खेत हरियो हुदैन । भगवानको जुन अविनासी रुप छ  त्यसलाई बुझ्नको लागि तिमी भाषा, शास्त्र भन्दा बाहिर गएर त्यसको अनुभव गर्नुपर्नेछ ।'

    (हाम्राकुराबाट साभार)

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast