सोमबार, कार्तिक ४, २०७६
    घुमघाम

    पर्यटकलाई थप मनोरञ्जन दिन रारा छायानाथ घुम्न हेलिकप्टर प्याकेज

    शुक्रबार, ३१ जेष्ठ २०७६, आहाखबर

    सिञ्जा, ३१ जेठ ।

    मुगुको रारा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तर, रारा पुग्ने पर्यटकलाई थप घुम्ने र मनोरञ्जन दिन नसकिएको अवस्थामा असार पहिलो सातादेखि रारादेखि छायानाथ धाम पुग्न राराछाँयानाथ हेलिकप्टर प्याकेज शुरु हुने भएको छ ।

    हिन्दूको चारधाममध्येको छाँया क्षेत्रधाम हेलिकप्टरमार्फत पुग्नका लागि भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले हेलिकप्टर प्याकेज ल्याउन लागेको ट्राभल्सका सञ्चालक राजु कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यो सेवा शुरु गर्न लागिएको हो ।

    महादेवले सतीदेवीको शव बोकेर घुम्दै जाने क्रममा अन्तिम अङ्ग पतन भएको र विश्वका चार वटा मुख्य धाममध्ये जेठो मानिएकाले पनि यसको विशेष महत्व रहेको छ । 

    हेलिकप्टर यात्रामा ३० मिनेटमै छाँयानाथको दर्शन गरी हिमशृङ्खलाको अवलोकन गन पाइनेछ । यो प्याकेजका लागि प्रतिव्यक्ति शुल्क रु ३५ हजार लाग्ने कार्कीले बताउनुभयो । 

    भारतीय पर्यटकलाई कैलाश मानसरोवर जान विशेष प्राथमिकता दिइ सरकारको ध्यान केन्द्रित गराइने कार्कीले बताउनुभयो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast