मंगलवार, श्रावन ७, २०७६
    कला-सौन्दर्य

    साम्राज्ञी र आकाश सेक्सी लाग्छः मोडल रेजिना

    शुक्रबार, ३१ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ३१ जेठ ।

    मोडल रेजिना भण्डारी चलचित्र जिस्म २ को प्रमोसन र म्युजिक भिडिओको काममा व्यस्त छिन् । लभस्टोरी चलचित्र जिस्म २ परिवार बसेर हेर्न मिल्ने खालको रहेको उनी बताउँछिन् । चलचित्रमा भण्डारीका साथै नमिता खड्का, रमेश विश्वकर्मा, शारदा गिरि, सुरवीर पण्डितलगायतको अभिनय देख्न सकिन्छ । 

    नेपाली मार्केट लभस्टोरी र कमेडी फिल्मको रहेको बुझाइ उनको छ । रेजिना भन्छिन, ‘मार्केट लभस्टोरी र कमेडी फिल्मकै छ । वरिवार बसेर हेर्न मिल्ने चलचित्र मलाई मनपर्छ । 

    उनले हालसम्म तीन वटा फिल्म र ६ वटा म्युजिक भिडिओ गरेकी छिन् । उनी खासै चर्चामा छैनिन् । हिट हुन के गर्नुपर्दोरहेछ भन्ने प्रश्नमा उनी भन्छिन, ‘गीत हिट हुनलाई राम्रो बन्नुपर्छ । राम्रो निर्देशन हुनुपर्छ साथमा कथा बोकेको गीत हुनुपर्छ । बाँकी दर्शकको हातमा हुन्छ ।’

    सानैदेखिको रहरले गर्दा कलाकारिता क्षेत्रमा लागेको उनी बताउँछिन् । कलाकारितामा छुट्टै पहिचान बनाउने लक्ष्य उनको छ । डान्स सेन्टरबाट छानिएर आएकाले कलाकारिता क्षेत्रमा धेरै गाह्रो नभएको अनुभव उनको छ । कलाकारिताबारे बुझेर मात्रै धारणा बनाउन उनको सुझाव छ । 

    लभले जीवनमा सवैभन्दा ताजकी दिने उनको तर्क छ । लभमा हुनुहन्छ भन्ने प्रश्नमा उनी भन्छिन, ‘अहिले करिअर तिर फोकस भएको छु, लभमा छैन ।’ 

    नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आकाश श्रेष्ठ उनलाई सेक्सी लाग्छ । इस्टाइल नै ग्लामर हुने उनको बुझाइ छ । हरेक कुरा देख्न पाइने भएकाले आँखा सवभन्दा मन पर्ने उनी बताउँछिन् । कलाकारिताको नाममा विकृति र विसंगति नभइदिए हुन्थ्यो भन्ने उनको कामना छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast