मंगलवार, श्रावन ७, २०७६
    खेल संसार

    विश्वकप क्रिकेट : वर्षाका कारण भारत र न्यूजिल्याण्डबीचको खेल सुरु हुन सकेन

    बिहिवार, ३० जेष्ठ २०७६, आहाखबर

    एजेन्सी, ३० जेठ ।

    आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा बिहिबार भारत र न्यूजिल्याण्डबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन । वर्षाका कारण खेलको टससमेत हुन भएकाे छैन ।

    आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत र न्युजिल्यान्ड भिड्दैछन् ।

    दुवै टोली जारी विश्वकपमा हालसम्म पराजित भएका छैनन् । जारी विश्वकपमा भारतले दुई र न्यूजिल्याण्ड तीन खेल खेलेको छ ।

    विश्वकपमा यी दुई टोलीको भेट १६ वर्षपछि हुन लागेको हो ।

    यसअघि भारत र न्युजिल्यान्डबीचको भेट सन् २००३ मा भएको विश्वकपमा भएको थियो । सन् २००३ मा भारतीय टोलीको नेतृत्व सौरभ गांगुलीले गर्दा न्युजिल्यान्डमाथि ७ विकेटले भारतले जित निकालेको थियो । त्यसपछि यी दुई टोलीको भेट विश्वकपमा भएको छैन ।  

    भारत र न्यूजिल्याण्ड विश्वकपमा हालसम्म सात पटक आमने सामने भएका छन्, जसमा न्यूजिल्याण्डले चार खेल जितेको छ भने भारत तीन खेलमा विजयी भएको छ ।

    इंग्ल्याण्ड र वेल्समा भइरहेको विश्वकप क्रिकेटका खेलहरु वर्षाका कारण प्रभावित हुँदै आइरहेका छन् । यसअघि तीन वटा खेल वर्षाका कारण रद्द भइसकेका छन् ।

    यसअघि श्रीलंका र पाकिस्तान, दक्षिण अफ्रिका र वेष्ट इण्डिज तथा श्रीलंका र बंगलादेशबीचकोे खेल वर्षाका कारण रद्द भएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast