मंगलवार, श्रावन ७, २०७६
    खेल संसार

    अष्ट्रेलियाविरुद्ध ५ विकेट लिने मोहम्मद अमिर को हुन् ?

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर

    एजेन्सी, २९ जेठ

    आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तगर्त १७ औं खेलमा अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ । 

    पाँच पटकको च्याम्पियन अष्ट्रेलिया ३ सय ७ रनमा अलआउट भएको छ । विशाल लक्ष्य जोडेको अष्ट्रेलियाविरुद्ध पाकिस्तानका एक बलर चम्के । जसले कप्तान आरोन फिन्चसहित पाँच ब्याटसम्यानलाई पवेलियन फर्काए । उनी हुन् २७ वर्षीय मोहम्मद अमिर । 

    जो एकदिवसीय क्रिकेट करिअरमा ५४ औं खेल खेलिरहेका छन् । कन्ट्री ग्राउण्डमा अमिरले अष्ट्रेलियाका कप्तान आरोन फिन्चलगायत उसमान ख्वाजा, सान मर्स, एलेक्स केरी, मिचेल स्टार्कलाई पभेलियन फर्काए ।  

    पहिलो विकेटका रुपमा कप्तान फिन्चलाई आउट गर्दै उनले पाकिस्तानलाई ठूलो सफलता दिलाएका थिए । मर्सलाई २३ रनमा क्याच गरेका उनले ख्वाजालाई १८ रनमा वाहब रियाजमार्फत क्याच गराएका थिए । 

    एलेक्स केरीलाई २० रनमा एलबीडब्लू धरापमा पारेका अमिरले मिचेल स्टार्कलाई ३ रनमा आउट गरे । आजको पाँच विकेटसँगै आमिरले एकदिवसीय क्रिकेट करिअरमा ७० विकेट लिएका छन् । उनले २००९ मा श्रीलंकाविरुद्ध खेल्दै एकदिवसीय क्रिकेट सुरू गरेका थिए । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast