बिहिवार, असोज २, २०७६
    लाइफस्टाइल

    बुधबार जन्मिएका मान्छेसँग यस्ता हुन्छन् गुणहरु ...

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २९ जेठ

    धेरै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा निकै नै प्रभाव पार्ने गर्दछ । 

    यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ, त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।

    तर यहाँ चाहिँ भारतीय अंक ज्योतिष तथा अनुसन्धानकर्ता श्रीमती ज्योति शर्माले बुधबार जन्मेका ब्यक्तिका आचरण, स्वाभाव र भविश्यका बारेमा समेत जानकारी पाएको दावी गरेकी छिन् ।

     

    बुधबार जन्मिएकासँग यस्ता – यस्ता गुण हुन्छन्

    १. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।

    २. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।

    ३.तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।

    ४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।

    ५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।

    ६. तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।

    ७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।

    ८. तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।

    ९. तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।

    १०. तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।

    ११. तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।

    १२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast