कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    खेल संसार

    यु–१८ फुटबल च्याम्पियनसिप : एनआरटीले च्यासललाई हरायो

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २९ जेठ ।

    चौंथो संस्करणको ललित स्मृति अठार वर्षमुनि (यु–१८) फुटबल च्याम्पियनसिपमा न्यूरोड टिम (एनआरटी)ले च्यासल युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ । 

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा एनआरटीले च्यासललाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद शुरुआत गरेको हो । एनआरटीको जितमा राजन माझीले पहिलो गोल गर्दै खाता खोले । उनले खेल सुरुआती एक मिनेटमा नै पहिलो गोल गरे । 

    त्यस्तै खेलको पहिलो हाफको ४४औँ  मिनेटमा च्यासलका श्याम लोपचन तामाङले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए ।  खेलको पहिलो हाफसम्म १–१ गोलको बराबरीमा टुङ्गिएको खेलमा एनआरटीले खेलको दोस्रो हाफमा तीन गोल थप्यो । 

    खेलको ५४औँ मिनेटमा एनआरटीका कृतिशरत्न छुन्जुले एक गोल थपे । त्यस्तै खेलको ८२औँ मिनेटमा एनआरटीका सुजन शर्माले एक गोल गरे भने एनआरटीका लागि अन्तिम गोल खेलको ८७औँ मिनेटमा विवेक राईले गरे । असार ३१ गतेसम्म चल्ने सो प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लब सहभागी छन् । जसमा थ्री स्टार, मनाङ मस्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ, जावला खेल युथ क्लब, सङ्कटा क्लब, सरस्वती युथ, फ्रेन्ड्स क्लब, भ्याली च्यासल, हिमालयन शेर्पा, मछिन्द्र क्लब, ब्रिगेड ब्वाइज र न्युरोड टिम एनआरटी सहभागी छन् ।

    अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले तीन लाख प्राप्त गर्दा उपविजेताले रु एक लाख ५० हजार पाउनेछ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast