कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    शेयर बजार

    घट्यो शेयर बजार : नेप्से परिसूचक ३.५० अङ्कले घटेर १ हजार २ सय ७३ अङ्कमा

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २९ जेठ ।

    मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक नेप्से परिसूचक बुधबार पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा पुगेको छ । 

    यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५० बिन्दुले घटेर २७२.३५ अङ्कमा पुगेको छ । स्टकका अनुसार आज कूल १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता शेयर रु ५० करोड २६ लाख ८२ हजार ८८१ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर बढेको छ । 

    व्यापार ११.७, होटल ६.९५ र अन्य उपसमूहको शेयर १.९६ बिन्दुले बढ्दा बैंकिङ ३.०२, विकास बैंक ४.६४, जलविद्युत् ३.५६, वित्त १.४३, निर्जीवन बीमा ६१.३४, उत्पादन २.७४, लघुवित्त ७.५६, जीवन बीमा २७.३४ र म्युचुअल फण्ड उपसमूहको शेयर ०.१५ बिन्दुले घटे । 

    स्टकका अनुसार कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक शेयर रु सात करोड १२ लाख ६२ हजार २२२ मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यसैगरी शिवम् सिमेन्ट रु चार करोड २५ लाख ४३ हजार ३४३, प्रभु बैंक लिमिटेड रु दुई करोड १३ लाख ५८ हजार ५०१, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड रु एक करोड ५९ लाख १० हजार ६५९ र एनआइसी एशिया बैंकको रु एक करोड ५३ लाख ९० हजार ९५५ मा कारोवार भई शीर्ष स्थानमा रहे । 

    साल्ट टेड्रिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशतले कमाए । गणपति माइक्रो फाइनान्स वित्तीय संस्था र सिभिल लुघवित्त वित्तीय संस्था ५÷५, खानीखोला हाइड्रोपावर ४.२३ र युनाइटेड मोदी हाइड्रोपावरका शेयर धनीले ३.५७ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स ७.०९, मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेड ६.९७, कर्णाली विकास बैंक ६.४५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ६.३५ र कर्पोरेट विकास बैंकका शेयरधनीले ६.३४ प्रशितले गुमाए । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast