कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    अावास-निर्माण

    हावाहुरी पीडित भन्छन् : सेना आउँदा सास फेर्न पाइयो

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर
    काठमाडौँं, २९ जेठ ।
     
    एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरुमा ठूलो धनजनको क्षति पुर्यायो । 
     
    हावाहुरीका कारण सयौँ घरहरु क्षतिग्रस्त भएका छन् भने कतिपय बस्तीहरुमा बिजुलीका पोलहरु भाचिँदा स्थानीयवासी अन्धकारमा दैनिकी काट्न विवश भएका छन् ।
     
     
    विवरण सङ्कलन
     
    क्षतिको एकिन विवरण सङ्कलन भइरहेका बेला बुधबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ५५ वर्षीया दानी ओडले कच्ची घरको माथि त्रिपाल मिलाइदिइरहेका नेपाली सेनाको टोलीलाई सामान दिएर सहयोग गरिरहेको अवस्था भेटियो । “हावाहुरीले घरको छाना उडाएर उठिबास लाग्यो ।” हावाहुरीबाट घाइते भएकी श्रीमतीलाई देखाउँदै ओडले भन्नुभयो, “परिवारका अन्य सबै सदस्यहरुले खाटमुनि लुकेर ज्यान जोगाए ।”
     
     
    कञ्चनपुरका हावाहुरीले सबैभन्दा बढी कृष्णपुर नगरपालिकामा क्षति पुर्याएको तथ्याङ्क छ । हावाहुरीले पूर्णरुपमा क्षति पुर्याएपछि त्यहाँका पीडितहरु अहिले पनि छिमेकी र खुल्ला आकाशमुनी रात बिताउन बाध्य भइरहेका छन् । “राहतको नाममा यही एउटा त्रिपाल वडा कार्यालयबाट मिलेको छ”, ओडले भन्नुभयो, “घरभित्रको अन्न भिजेर काम नलाग्ने भएपछि किनेर खादैछौँ ।” उहाँले हावाहुरीपछि सेना बस्तीमा आउँदा गाउँलेहरुलाई निकै राहत पुगेको बताउनुभयो ।
     
     
     
     
    सेनाको बहादुरी :
     
    “सेना आएर अवरुद्ध सडक खुलाउनेदेखि घरका छानाहरु बनाइदिने काममा अहोरात्र खटिएको छ”, उहाँले भन्नुभयो, “सेनाकै सहयोगले घरको त्रिपालको छानो बनेर मुश्किलले सास फेर्न पाएको छु ।” पूर्ण रुपमा क्षति पुगेका स्थानीयवासीलाई गाँसबासको समस्या बल्झिँदै गएको उहाँको भनाइ छ । “खुल्ला आकाशमुनि सुत्दा बालबालिकाहरु लामखुट्टेको टोकाइले बिरामी पर्न थालिसके”, उहाँले भन्नुभयो, “सिंहदरबार अझै गाउँमा आएको भन्नु बेकार रहेछ ।”
     
    त्यसैगरी कृष्णपुर नगरपाकिला– ६ कै ३८ वर्षीय तिलक भट्ट दम्पतीसहित घरमा सहयोग गरिरहेको सेनाको टोलीसित काममा व्यस्त छन् । “घरको छाना उडाएर राति खाटमुनी पसेर चार जनाको परिवार बाच्यिौँ’, भट्टले भन्नुभयो, “अहिले सेना आएर छाना बनाउन सहयोग गर्दैछ ।”
     
    उहाँले सेनाले उद्दार लगायतका काममा सहयोग गरेको सुनेपनि गाउँमै आएर घरका छाना बनाउनेदेखि अहिले दिएको हरेक समस्या समाधानमा खटिएको देख्दा गाउँले हर्षित भएको बताउनुभयो ।
     
     
    समस्या नै समस्या :
     
    “स्थानीय तहबाट त्रिपाल दिएको भए पनि अन्य राहत अहिलेसम्म केही आएको छैन”, उहाँले भन्नुभयो, “खरीद गरेर ल्याएको ३० किलोग्राम चामलले परिवारको भोक टार्दैछु ।” हावाहुरीले वडा नं. ६ मा मात्रै ५० को हाराहारीमा बिजुलीका पोलहरु भाचिँएका छन् । भने रुखहरु ढल्दा सडकसमेत अवरुद्ध भएको स्थानीयको भनाइ छ ।
     
     
    “धन्न सेना आएर गाउँमा सडक खुलाएपछि आवतजावत गर्न सहज भएको छ”, स्थानीय रगि नगारीले भन्नुभयो, “क्षतिको विवरण सङ्कलनबाहेक राज्यबाट अरु केही सहयोग पाएको छैन ।” स्थानीयवासी गङ्गाराम भट्टले स्कूलको छाना भत्किदा विद्यालय बन्द हुनुका साथै खानेपानी र बिजुलीको समस्याले यहाँका बासिन्दा आक्रान्त बनेको बताउनुभयो । “जस्तापाता भएका घरहरु प्रायः सबैमा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “सेनाबाहेक अन्य सरकारी निकायबाट केही सहयोग भएन ।”
     
    त्यसैगरी मौरीफाँटाकै १८ वर्षीया मनिषा बोहरा हावाहुरीपछि छिमेकीको घरमा घाइते दिदी टिकेश्वरी बोहरासित आश्रय लिदैछिन् । उहाँका बुवा प्रेम बोहरा र आमा देवसरादेवी बोहरा हावाहुरीले छानो भत्किदा घाइते भएका थिए । “आमाको कोहलपुरमा उपचार हुँदैछ”, उहाँले भन्नुभयो, “त्रिपालसमेत नपाउँदा घरमा बस्न सकिएको छैन ।” 
     
     
    पुनःनिर्माण गर्न नेपाली सेना :
     
    भत्किएका छाना-टहरा पुनःनिर्माण गर्न नेपाली सेनाको सिंहसाशूल गुल्मको टोली कृष्णपुर नगरपालिकामा खटिएको छ । गुल्मबाट उपसेनानी चेतन छत्कुलीको नेतृत्वमा खटिएको सैनिक टोली विगत तीन दिनदेखि गाउँमा खटिएको छ । हावाहुरीपछि जिल्लामा बसेको सुरक्षा समितिको निर्णयानुसार सेनाले प्रभावित क्षेत्रमा सहयोगका लागि खटिएको बताइएको छ । 
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast