कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    स्वास्थ्य

    बिहान ७ः०० बजेदेखि दिउँसो ११ः०० बजेसम्म डेङ्गु नियन्त्रण गर्न मालाथिन औषधि छर्कँदै

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर
    विराटनगर, २९ जेठ ।
     
    विराटनगर महानगरापलिकामा डेङ्गु ज्वरोका सङ्क्रमित बिरामी देखिन थालेपछि बुधबारदेखि यस क्षेत्रमा औषधि छर्किने कार्य शुरु गरिएको छ ।
     
    धरान उमहानगरपालिकमा सो रोगबाट सङ्क्रमित बिरामी अत्यधिक देखिएकाले नियन्त्रणका लागि नगरका सम्पूर्ण वडामा बुधबारदेखि मालाथिन फगि स्प्रे(छर्केने) कार्य शुरु गरिएको महानगरपालिकाले जनाएको छ । महानगरले बुधबार वडा नम्बर १, २, ३, र १० , यही जेठ ३० गते १, ३, ४, र १० मा, ३१ गते ४, ५, ६ र ७ मा, ३२ गते ५, ६, ८ र ९ मा औषधि छर्किने भएको छ ।
     
    यसैगरी आगामी असार १ गते ८, ९, ११, र १२ मा, २ गते ११, १२, १३, र १४ मा, ३ गते १४, १५, १६ र १७ मा र ४ गते १८, १९ मा औषधि छर्किने कार्यक्रम निश्चित भएको महानगरले जानकारी दिएको छ । बिहान ७ः०० बजेदेखि दिउँसो ११ः०० बजेसम्म औषधि छर्किने भएकाले उक्त समयमा खानेकुरा छोपेर राख्न  महानगरले नगरवासीलाई आग्रह गरेको छ । 
     
     
    डेङ्गुका लक्षण
     
    एक्कासी उच्च ज्वरो आउनु, ज्वरो पाँचदेखि सात दिनसम्म रहनु ,आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने, शरीर कटकटी दुख्ने, शरीरमा बिमिरा र रक्तश्राव हुने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, शरीरमा रगत रहेको चक्का (निलडाम) देखापर्ने, बेहोश हुने आदि लक्षण देखा पर्नसाथ नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा तुरुन्त जाँच गराउनु पर्दछ ।
     
     
    डेङ्गुबाट बच्ने मुख्य उपाय
     
    लामखुट्टेको टोकाइबाट बच्नु, लामखुट्टेको वृद्धि विकासमा नियन्त्रण गर्नु, आफू बस्ने ठाँउ वरिपरि फालिएका खाली बट्टा, टुटे फुटेका कप, बोतल अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने उपाय गर्नु,  पानी जमेको स्थानमा हप्ताको दुई पटक पानी वरिपरि डढेको मोविल वा मट्टितेल छर्कने, खानेपानीका ट्याङ्कीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने, खानेपानी ट्याङ्की हप्तैपिच्छे सफा गर्ने कुलरको पानीमा हप्तामा एक÷दुई चम्मा मट्टितेल हाल्ने, हिप्तै पिच्छे कुलरको पानी सफा गर्नुपर्दछ ।
     
    यस्तै घर वरिपरि पानी जमेको स्थानमा डढेको मोविल तथा मट्टितेल हाल्ने, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएको वा पूरा शरीर ढाक्ने लुगा लगाउने र लामखुट्टेबाट वच्ने मलम दल्नु पर्दछ । डेङ्गु ज्वरो विरुद्धको खोप तथा खास उपचारसमेत नभएकाले लामखुट्टेबाट बच्नु रोगबाट बच्ने मुख्य उपाय भएको चिकित्सकले बताएका छन् ।
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast