कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    कृषि-उर्जा

    अलैँची दाना बिक्रीबाट ५ करोड आम्दानी, भारतमा पनि बिक्री हुने

    बुधबार, २९ जेष्ठ २०७६, – जनक श्रेष्ठ.

    लमजुङ, २९ जेठ

    जिल्लाका अलैँची कृषकले अलैँची दाना बिक्रीबाट रु पाँच करोडभन्दा बढी आम्दानी गरेका छन् । लमजुङमा उत्पादित ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकले रु पाँच करोड २५ लाख आम्दानी गरेका हुन् । 

    गत वर्ष उत्पादित ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट रु चार करोड ४८ लाख आम्दानी भएको थियो । गत वर्ष प्रतिकिलो रु ६०० देखि ८०० सम्म बिक्री भएको थियो । यस वर्ष प्रतिकिलो रु ६०० देखि ७५० सम्ममा अलैँची दाना बिक्री गरेको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङले जनाएको छ । जिल्लाका किसानले कुनै बेला प्रतिकिलो रु दुई हजार २०० सम्म अलैँची दाना बिक्री गरेका थिए तर अहिले उक्त रकमको आधा मूल्यसमेत पाउन सकेनन् । अलैँची कृषकले कम्तीमा पनि प्रतिकिलो रु एक हजार हुनुपर्ने माग गर्दै आए पनि उक्त मूल्यमै अलैँची दाना बिक्री गर्न बाध्य हुँदै आएका छन् । यस वर्ष २० लाख अलैँची नर्सरी बिरुवा जिल्लामा उत्पादन भएको थियो भने १२ लाख ९९ हजार ५०० बिरुवा बिक्री भएको थियो । 

    उक्त अलैँची बिरुवाबाट जिल्लाका कृषकलाई रु ६४ लाख ९७ हजार ५०० आम्दानी भएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक तथा लमजुङका अध्यक्ष अजय तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा सबैभन्दा बढी अलैँची उत्पादन गर्नेमा मस्र्याङ्दी गाउँपालिकाका अलैँची कृषक रहेका छन् । 

    जिल्लामा ७०० मिटर देखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाइमा गोलसाई र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामसाई र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएको अध्यक्ष तामाङले भन्नुभयो । कृषकले जिल्लामा रामसाई र गोलसाई जातका अलैँची बढी लगाउँदै आएका छन् । करीब एक हजार ५६ हेक्टर क्षेत्रफल जमीनमा अलैँची खेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ । 

    लमजुङमा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारले कृषकले भने जति मूल्यमा अलैँची दाना बिक्री वितरण गर्न सकेनन् । लमजुङमा उत्पादित अलैँचीको दाना भारतमा बिक्री हुने गर्दछ । अन्तर्राष्ट्रिय मूल्यअनुसार बिक्री गर्न जिल्लाका कृषक बाध्य हुँदै आएको जिल्ला शाखा लमजुङका अध्यक्ष तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा भारतमा मात्र नभई तेस्रो मुलुकमा समेत बिक्री गर्ने तयारी भइरहेको छ ।”

    गत वर्ष अलैँची कृषकलाई प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ४० कृषकलाई अलैँची भट्टी वितरण गरिएको थियो । यस वर्षसमेत केही दिनमा ४० अलैँची कृषक छनोट गरी अलैँची भट्टी वितरण गरिने अलैँची महासङ्घ लमजुङले जनाएको छ । जिल्लामा ३५ हजार अलैँची कृषक रहेका छन् ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast