बिहिवार, असोज २, २०७६
    यातायात

    धनगढी विमानस्थल मर्मतको काम सम्पन्न, उडान पुन:सञ्चालन

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २९ जेठ 

    बुधबारदेखी कैलाली जिल्लाको एक मात्र विमनस्थल धनगडी विमानस्थल सुचारु भएको छ।विमानस्थलको धावनमार्गमा कालोपत्रेको काम गर्नुपर्ने भन्दै गत बैशाख २२ गतेदेखि विमानस्थल बन्द भएको थियो।

    वि.सं. २०२१ साल माघ १४ गतेबाट सुरु भएको धनगडी विमानस्थल १४ वर्षअघि कालोपत्रे गरिएको थियो। सामान्यतय कालोपत्रे भएको १० बर्षमा मर्मतसम्भार गर्नुपर्ने भए तापनि धनगढी विमानस्थलको धावनमार्ग १४ वर्षपछि मर्मत गरिएको विमानस्थलका प्रमुख तेजबहादुर बुडथापाले जानकारी दिए।

    उनका अनुशार धावनमार्ग निर्माणका क्रममा ८ सय ५० मिटर खाल्डो पर्दा तोकिएको समयमा निर्माण सम्पन्न भएन। १ महिनाका लागि विमानस्थल बन्द गरिएपनि ७ दिन म्याद थप गर्नुपरको उनले जनाए।

    १८ सय मिटर लम्बाई र ३० मिटर चौडाइमा रहेको धावनमार्गमा कालोपत्रे राख्ने काम सम्पन्न भएको छ। अव ओवरलेको काम मात्रै वाँकी छ। उनले भने, आजदेखी विमानस्थल खुल्ला गरिएको छ। असार १ गतेदेखी १ महिनाका लागि नोटाम जारी गर्न क्यानसँग अनुमति माग गरिएको छ। असार १ गतेदेखी विहान ८:३० बजेदेखी ४ बजेसम्म मात्रै विमानस्थल सुचारु गर्ने गरि नोटाम जारी गर्न क्यानमा अनुमति मागिएको छ।

    ४ बजेपछि रातको समयमा वाँकी काम गर्ने तयारी गरिएको छ। नियमित काम हुदा १५ दिनभित्रै सकिने काम छ। तर मौषम परिवर्तन हुदा काम मा प्रभावित हुन सक्ने भन्दै १ महिनाकालागि समय माग गरिएको हो। धावनमार्ग सँगै पार्किङ वे निर्माणको काम सुरु भएको छ। हाल तीन वटा मात्र पार्किङ वे रहेको विमानस्थलमा नयाँ बन्न लागेको पार्किङ वे गरि अव ४ बटा हुनेछन्।

    विमानस्थल आयोजना प्रमुख रत्नवहादुर श्रेष्ठका अनुसार आज विहान काठमाडौंवाट आएको श्रीयरले पहिलो उडान गरेको छ। श्रीले धनगढीमा अवतरण गरि पुन काठमाडौंका लागि उडान भरिसकेको छ। यसअघि दैनिक ४ उडान गरि सातामा ३१ उडान भैरहेको थियो। जसमा बुद्ध एयरको दैनिक २ उडान, श्रीएयरको दैनिक ३ र नेपाल वायुसेवा निगमको सातामा ३ उडान गर्दै आएका थिए।

    रकम थप हुने १८ सय मिटर लम्बाई र ३० मिटर चौडाइको धावनमार्ग मर्मत र १ पार्किङ वे थप गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले १७ करोड ८८ लाख ८६ हजार ३२ रुपैयाँ ३३ पैसामा छुट्टाएको थियो।

    छुट्याएको रकम भित्रै काम सम्पन्न गर्ने गरि विमानस्थल कार्यालयले लुम्विनी कोशी एण्ड न्यौपाने खड्का कृष्ण दुर्गा वसुन्धारा कम्पनीलाई ठेक्का दिएपनि काम थप भएको भन्दै पुन रकम थप गरिने तयारी गरेको छ।

    आयोजना प्रमुख श्रेष्ठका अनुसार ठेक्का सम्झौता गर्दा १ सय मिटर मात्रै धावनमार्ग निर्माण हुने थियो। निर्माण गर्दै जाद ८ सय ५० मिटर खराब देखियो। ठेकेदार कम्पनीसँग सहमति गरि काम गरिएको छ। थप काम अनुसार प्राविधिकले मूल्यांकन गरि रकम थप गरिनेछ।

    बुद्ध एयरले उडान तालिका अनुसार नै बुधबारबाट दैनिक २ उडान हुने जनाएको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast