कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    स्कुल-कलेज

    कक्षा ६ का २६ विद्यार्थीको भट्टराईले गरे अभिभावकत्व ग्रहण

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काभ्रेपलाञ्चोक, २९ जेठ

    सरकारका प्रधानमन्त्री, मन्त्री, सांसद तथा केही सर्वसाधारणले भर्ना अभियानअन्तर्गत बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेका बेला पनौती नगरपालिका–७ अघाटोलका युवा अच्युत भट्टराईले स्थानीय एक विद्यालयको कक्षा ६ मा अध्ययनरत् सबै विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ । 

    उहाँले पनौतीस्थित पुण्य माध्यमिक विद्यालयको कक्षा ६ का २६ विद्यार्थीको हालै अभिभावकत्व ग्रहण गर्नुभएको हो । भट्टराईले कक्षा ६ का विद्यार्थीको भर्ना, विद्यालय पोशाक (ट्रयाकसूट समेत) र स्टेशनरीको व्यवस्थापन गर्नुभएको हो । “एउटा कक्षाका सबै विद्यार्थीको अभिभावकत्व गरेको छु, भर्ना, पोशाक र स्टेशनरी व्यवस्था गरे, अब विद्यार्थीको खाजाको लागि व्यवस्थापन गर्दैछु”, उहाँले भन्नुभयो । उहाँले आगामी शैक्षिक सत्रमा थप एक कक्षाका विद्यार्थीको पनि अभिभावकत्व ग्रहण गर्ने बताउनुभयो ।

    उहाँले आफूलाई बाल अवस्थादेखि नै बालबालिकाको शिक्षाप्रति विशेष चासो रहने गरेकाले सामाजिक क्षेत्रमा केही गर्ने उद्देश्य अनुरुप प्रारम्भिक चरणमा एउटा कक्षाकै विद्यार्थीको हाललाई कक्षा १० सम्मका लागि अभिभावकत्व ग्रहण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा बालबालिकाको भविष्य उज्यालो पार्ने स्वर्णीम बाटो हो, त्यसैले सोही क्षेत्रमा केही सहयोग गर्ने प्रयास गरेको हुँ ।” 

    भट्टराईले कक्षा ६ का विद्यार्थीका लागि आवश्यक पर्ने स्टेशनरीका लागि एकमुष्ट रकम विद्यालयलाई प्रदान गर्नुभएको छ । उहाँले विशेष गरी असहाय बालबालिकाको शिक्षामा सुधार होस् भन्ने हेतुले सहगोग गरेको बताउनुभयो । उहाँले आफ्नो एक संस्थामार्फत काभे्रपलाञ्चोक र सिन्धुपाल्चोकका ३१ जना अन्य बालबालिकालाई निजी विद्यालयमा छात्रवृत्तिसेमत प्रदान गर्नुभएको छ ।

    उहाँले अभिभावकत्व गरेको कक्षामा अध्ययनरत् अधिकांश विद्यार्थी असहाय एवं काभ्रेपलाञ्चोकको दुर्गम मानिएको डाँडापारी क्षेत्रका विद्यार्थी छन् । युवा पण्डित (भागवत वाचक)समेत रहनुभएका भट्टराईले कक्षा ६ का २६ विद्यार्थी तथा स्थानीय एक संस्थामा आश्रित ‘ह्याप्पी फेमिली’का पाँच बालबालिकाको पनि अभिभावकत्व ग्रहण गर्नुभएको विद्यालयका प्रधानाध्यापक सरस्वती कँडेलले बताउनुभयो । 

    प्रअ कँडेलका अनुसार भट्टराईले नयाँ शैक्षिक सत्रमा विद्यालयमा आएका थप नयाँ विद्यार्थीका लागि टिसर्ट वितरण गर्नुभएको छ । विद्यालयमा हाल २१० जना विद्यार्थी अध्ययनरत् छन् । उक्त विद्यालयको कक्षा ८ मा अध्ययनरत् मिना गोलेलाई पनौतीका रामकृष्ण बञ्जारा, कक्षा ९ मा अध्ययनरत् सम्झना श्रेष्ठलाई सन्तोष राउत, राधिका कँडेलले कक्षा ४ का अभिषेक लामाको तथा हाल अष्ट्रेलिया निवासी सिर्जना पन्तले कक्षा ८ का आदित्य राई र कक्षा ४ का प्रदीप घिसिङको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast