परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर# ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल #आहा खबर# नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु #आहा खबर#
    लाइफस्टाइल

    पश्चिमी वायु सुदुरपश्चिम हुँदै नेपाल छिर्‍यो, फेरि ठूलो हावाहुरी, स्थानीय आतंकित

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २९ जेठ । 

    जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रणाली सुदुर पश्चिम नेपालबाट प्रवेश गरेको जानकारी गराएको छ ।  यो प्रणालीले हावाहुरीसहित मेघ गर्जन गराउने र मध्यम खालको वर्षा गराउने सम्भावना रहेको समेत पूर्वानुमान महाशाखाले जनाएको छ । 

    एक हप्ताअघि मात्र भीषण हावाहुरीका कारण ठूलो क्षति पुगेको सुदूरपश्चिम क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै ठूलो हुरीबतास चलेपछि स्थानीय बासिन्दा आतंकित भएका छन् ।

    कैलाली-कञ्चनपुर लगायतका जिल्लामा बिहानैदेखि मेघ गर्जनसहित वर्षा हुनाका साथै ठूलो हुरीबतास चलेको हो ।

    तर अहिले भने केही मत्थर भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् ।

    महाशाखाका अनुसार आज दिउँसो देशका पश्चिमी भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहने र पूर्वी र मध्य भूभागहरूमा आंसिक देखि सामान्य बदली रहने जनाइएको छ ।  पूर्वी तथा मध्य  भूभागका थोेरै स्थान  र पश्चिमी भूभागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast