बिहिवार, असोज २, २०७६
    पर्यटन समाचार

    ६ सय ५९ जनाले गरे सगरमाथाको सफल आरोहण, ५ सय ९४ पुरुष र ६५ जना महिला

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, २९ जेठ ।

    यस सिजनमा विश्वकै अग्लो सगरमाथामा ६ सय ५९ जना आरोहीले सफल आरोहण गरेका छन् ।

    पर्यटन विभागले दिएको जानकारीअनुसार ५ सय ९४ पुरुष र ६५ जना महिलाले सफल आरोहण गरेका हुन् ।

    त्यस्तै आरोहणको अनुमति लिएर आरोहणमा गएका आरोहीमध्ये ४ विदेशी आरोहीले आरोहण गरेको भन्दै झूटो विवरण विभागमा बुझाएका छन् । 

    यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुशले झुटो विवरण बुझाएको पाइएको जानकारी दिइन् ।

    विभागले आरोहण दलसँग खटाएको सम्पर्क अधिकृत र ट्रेकिङ एजेन्सीसँग बुझ्दा उनीहरुले आरोहण नै नगरेको पाइएपछि उनीहरुले झूटो विवरण पेस गरेको प्रमाणित भएको हो ।

    उनीहरुसँगै पाँच नेपाली गाइडहरुले समेत झूटो विवरण पेस गरेका छन् ।

    उनीहरु काठमाडौंमा रहेको प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडको सहयोगमा आरोहणमा गएका थिए । सरकारले आरोहणका लागि खुल्ला गरेको ४ सय १४ हिमालमध्ये यो सिजनका लागि ३० हिमाल आरोहणका लागि आरोहीहरुले अनुमति लिएका थिए । 

    जसमा सगरमाथा आरोहणका लागि अनुमति लिएका विदेशी र नेपाली आरोहीहरुवाट मात्रै ४४ करोड २४ लाख ३७ हजार ८६२ रुपैयाँ रोयल्टी संकलन भएको छ। त्यस्तै ३० हिमाल वाट मात्रै ४९ करोड ५९ लाख ८६ हजार ६२२ रुपैयाँ राजश्व संकलन भएको छ ।

    अनुमति लिएका ३ सय ८१ आरोहीमध्ये २ सय ८१ जनाले मात्रै सफल आरोहण गरेका छन् । त्यस्तै आरोहीसँगै गाइड, भरिया गरी ३ सय ७८ सहयोगीले आरोहण सफल गरेको विभागले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast