सोमबार, मंसिर २, २०७६
    राज्य-समाज

    मुख्यमन्त्री राउतले दायित्व पुरा गरेनन्

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २९ जेठ
    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अभिभावकत्व लिएकी बालिका लक्ष्मीनिया दासले जातीय विभेदका कारण विद्यालय छाडेकी छिन् । 

     

    मुख्यमन्त्री राउतले गतवर्ष धनुषास्थित मिथिला विहारी नगरपालिका पूर्तिटोलकी ६ वर्षीया लक्ष्मीनियाको अभिभावकत्व लिएका थिए । 

    विपन्न र सिमान्तकृत समुदायकी लक्ष्मीनियाको अभिभावकत्व मुख्यमन्त्रीले लिएपछि आमाबुबा छोरीको भविश्यप्रति ढुक्क बनेका थिए ।

     तर, सोचेको भन्दा उल्टो अवस्था आइपरेको समाचार नागरिक दैनिकमा छ । आमाबुबाले सोचेका थिए, 'अव गरिबीका कारण छोरीले पढाइबाट बञ्चित हुनुपर्ने छैन् र जातीय विभेदका कारण विद्यालयमा अपहेलित हुनुपर्ने छैन् । तर नसोचेको भयो ।'

     

    विद्यालयमा सानो जातको भन्दै छुट्टै बसाउन, शिक्षकले पनि हेय भावले हेर्न थालेपछि छोरीले विद्यालय छाडेको आमा शिलादेवीले बताइन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast