मंगलवार, भाद्र ३१, २०७६
    सावधान

    ‘रेड बुल’ जस्तै देखिने ‘रेड ब्लु’ माथि कारवाही, जम्मा ५ हजार रुपैयाँ जरिवाना !

    मंगलवार, २८ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, २८ जेठ

    लोकप्रिय पेय पदार्थ रेड बुलको ट्रेडमार्क चोरी गरेको आरोपमा उद्योग विभागले एक कम्पनीलाई कारबाही गरेको छ । रेडबुलको उजुरीपछि ‘रेड ब्लु’ लाई पेटेन्ट डिजाइन ट्रेडमार्क ऐनअनुसार उद्योग विभागले ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

    रेडबुलले क्षतिपूर्तिसमेत भराइ पाउँ भन्दै उजुरी हालेको थियो । रेडबुलले उजुरी हालेपछि रेड ब्लु पनि दर्ता प्रक्रियामा गएको थियो । तर १० वर्षअघि नै दर्ता भएको रेडबुलको डिजाइन चोरी गरी हुबहु उत्पादन गरेर बिक्री गरेको विभागले ठहर गरेको छ ।

    १० वर्षअघि नेपाल भित्रिएको रेडबुलले राम्रो बजार लिएपछि पछिल्लो समय रेड बुल जस्तै देखिने खोलमा नयाँ उत्पादन गरेर बिक्री गर्ने चलन बढेको छ । 

    रेड ब्लु, रेड स्टार, रेड बेल, रेड स्टार जस्ता नामका उत्पादन बजारमा देखिएका छन् । यस्ता उत्पादनहरु बिक्री गर्नका लागि उद्योग विभागमा दर्ता हुनुपर्ने भए पनि जथाभावी बेचिएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast