बिहिवार, असोज २, २०७६
    खेल संसार

    आइसिसी क्रिकेट विश्वकप : बंगलादेश र श्रीलंकाबीचको खेल पनि रद्द, ३ खेल रद्दको कीर्तिमान

    मंगलवार, २८ जेष्ठ २०७६, आहाखबर

    एजेन्सी, २८ जेठ

    आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत बंगलादेश र श्रीलंकाबीचको खेल पनि रद्द भएको छ।

    इंग्ल्यान्डको ब्रिस्टोफमा तय भएको खेल वर्षाका कारण प्रभावित बनेको हो। वर्षाका कारण खेल टस नै नगरी रद्द गरियो। स्थानिय समयअनुसार दिउँसो २ बजेसम्म वर्षा जारी रहेको थियो।

    यसअघि दक्षिण अफ्रिका र वेस्ट इन्डिज तथा पाकिस्तान तथा श्रीलंकाबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो।

    एकै विश्वकपमा तीन खेल रद्द भएको यो पहिलो पटक हो। यसअघि सन् १९९२ र २००७ मा वर्षाका कारण २ खेल रद्द भएका थिए। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast