आईतवार, भाद्र ८, २०७६
    कला-सौन्दर्य

    कालो पोशाकमा जब सेलेना गोमेज चलचित्रको प्रिमियर सोमा पुगिन् ...

    मंगलवार, २८ जेष्ठ २०७६, आहाखबर

    एजेन्सी, २८ जेठ

    हलिउडकी चर्चित नायिका तथा गायिका सेलेना गोमेज सन् २०१६ देखि सक्रिय रुपमा चलचित्रमा काम गरिरहेकी छन्।

    २६ वर्षीया गोमेज चर्चित अमेरिकी गायक जस्टिन बिबरका पूर्व प्रेमिका हुन्। उनी सोमबार हलिउड चलचित्र ‘द डेड डोन्ट लाई’ चलचित्रको प्रिमियर सोमा पुगेकी थिइन्। यस चलचित्रमा उनको भूमिका महत्वपूर्ण मानिएको छ।

    जब सेलेना त्यहाँ पुगिन्। सबैको नजर उनीमा पर्यो। कारण थियो कालो पोशाकमा उनको बोल्ड लुक्स।

    चलचित्रको प्रिमियर म्युजियम अफ मोडर्न आर्टमा गरिएको थियो। यस चलचित्र गत मे महिनाको १४ तारिखमा कान्स फेस्टिभलमा एकपटक रिलिज गरिएको थियो।

    अमेरिकामा यस चलचित्र यसै महिनाको १४ तारिखदेखि प्रदर्शन हुन लागेको छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast