सलमानको ‘भारत’ दुई सय करोड क्लबमा सामेल ! यस्तो छ ग्रस कलेक्सन #आहा खबर# प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर#
    यातायात

    करिडोर निर्माणसँगै ट्राफिक व्यवस्थापनमा सहज, उपत्यकामा हुने जाममा कमी

    मंगलवार, २८ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २८ जेठ

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले करिडोर निर्माणसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज हुँदै गएको बताउनुभएको छ । 

    नयाँ बसपार्क–म्हैपी हुँदै बालाजु करिडोरको आज निरीक्षण गर्दै उहाँले करिडोर निर्माणले उपत्यकामा हुने ट्राफिक जाममा कमी आउने बताउनुभएको हो । 

    महानिरीक्षक खनालले उपत्यकाको ट्राफिक सुधारका लागि महानगरीय ट्राफिक महाशाखाले तीनमहीने कार्ययोजना बनाएर अगाडि बढेको बताउँदै उक्त करिडोर निर्माणसँगै मुख्य सडकमा हुने सवारी चाप घट्ने उल्लेख गर्नुभयो । 

    “हालसम्म ट्राफिक प्रहरीले विभिन्न निकायसँगको सहकार्यमा  उपत्यकामा पाँच वटा करिडोर खोलिसकेको छ, सडक खोलेर मात्र हुँदैन स्तरोन्नति गर्नुपर्छ, त्यसका लागि ट्राफिक प्रहरी सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्छ”, उहाँले भन्नुभयो । 

    सोही अवसरमा महानिरीक्षक खनालले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई टेलिफोन सम्पर्क गरेर बाटो व्यवस्थित बनाउनेमा मन्त्रालयले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराउनुभएको थियो । 

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले करिडोर निर्माणसँगै नेपालको राष्ट्रिय बसपार्क भित्रिने सवारी साधनको चापमा कमी आउने बताउनुभयो । “करिडोर निर्माणसँगै सवारी साधन निर्बाध ढङ्गले चल्न सक्छन्”, उहाँले भन्नुभयो । 

    काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले करिडोर निर्माणसँगै झोर, टोखा, बानियाटार, नयाँ बसपार्क, म्हैपी, बालाजु, शोभाभगवती हुँदै कालीमाटीसम्म सहज ढङ्गले सवारी साधन आवतजावत गर्न सक्ने बताउनुभयो । “बाटो ग्राभेल र पिच गर्न स्थानीय सरकार कटिबद्ध रहेको छ”, उहाँले भन्नुभयो । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले करिडोर निर्माणसँगै बालाजु, माछापोखरी, नयाँ बसपार्क क्षेत्रमा हुने सवारी जाममा कमी आउने बताउनुभयो । करिडोर निर्माणका लागि महागरपालिकाले सहयोग गर्ने उहाँको भनाइ थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast