सोमबार, मंसिर २, २०७६
    राज्य-समाज

    गुठीयारमाथिको बल प्रयोग जायज, कानुनलाई हातमा लिनेलाई सरकारले प्रतिकार गर्ने : गृहमन्त्री

    मंगलवार, २८ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २८ जेठ ।

    गृहमन्त्री राम बहादुर थापाले आइतबार माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन् । 

    प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री बादलले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिककामे अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

    गृहमन्त्री रामबहादुर थापाले गुठी विधेयकको विरोध गर्ने क्रममा प्रदर्शनकारीले माइतीघरमा प्रहरीको मुख क्षतविक्षत हुनेगरी बल प्रयोग गरेको दाबी गरेका छन् ।

    सरकारले जेठ २६ गते माइतीघर मण्डलामा गुठीयारमाथि प्रहरी बलको बचाउ गरेको छ ।

    प्रतिपक्षी दल नेपाली कांग्रेसले उक्त घटनबारे गृहमन्त्रीले जवाफ दिनु पर्ने माग गर्दै सोमबार संसद अवरोध गरेपछि मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलले गुठीयारहरुल सार्वजनिक यातायात अवरोध पुर्‍याएको र पटक-पटकको चेतावनीलाई अवज्ञा गरेपछि सरकार उनीहरुमाथि बल प्रयोग गर्न बाध्य भएको बताएका छन् ।

    उनले घटना दुखद भएको भन्दै प्रहरी र प्रदर्शनकारी दुवै पक्ष घाइते भएको र उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेपनि सरकारले यस्ता गतिविधिलाई कुनै पनि हालतमा रोक्ने बताएका छन् ।

    भविष्यमा पनि यस्ता कानुनलाई आफ्नो हातमा लिने काम भएमा सरकारले त्यसलाई प्रतिकार गर्ने चेतावनी उनले दिए ।

    थापाले भने,‘ प्रर्दशनकारीले सार्वजनिक आवागमन रोके, त्यो नरोक्ने पटक-पटक आग्रह गरे पनि प्रदर्शनकारीले त्यसलाई स्वीकार गरेनन् । त्यसपछि पानी फोहोराबाट तितरवितर गर्ने प्रयास गरेको थियो प्रहरीले । तर प्रर्दशनकारीले ढुंगा र इट्टा प्रहार गरे । प्रहरी पनि घाइते भएका थिए । त्यो क्रममा प्रर्दशनकारीलाई नियन्त्रण लिएपनि पछि छोडिसकेको छ।’

    माइतीघर घटनाबारे सरकारले नैतिक जिम्मेवारी लिने उनले बताए। त्यहाँ भएका कमी कमजोरीबारे छानबिन भइरहेको उनले जानकारी दिए। ‘शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने हो कि भन्ने प्रश्न उठेको छ तर तथ्यहरुले ती कुरालाई सावित गर्दैन। दिनदिनै विरोध प्रदर्शन भइरहेका छन्। ती विरोधलाई दमन गर्ने, रोक्ने काम भएको छैन’, उनले भने, ‘नियमभन्दा विपरित गयो, दमन भयो, टाउकैमा प्रहार भयो, बढी बल प्रयोग भएको भन्ने कुरा आएको छ। तथ्यले यस्तो देखाउँदैन ।’

    उनले राज्यले शान्तिपूर्णरुपमा विरोध गर्ने अधिकार कुण्ठित नगरेको र उल्टै रक्षा गरेको दाबी गरे ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast