प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर# सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए #आहा खबर# पल्सर स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए #आहा खबर#
    कृषि-उर्जा

    सामूहिक कृषि व्यवसाय फस्टाउँदो : कीर्तिपुर क्षेत्रलाई हरियाली तरकारीमय बनाउने योजना

    मंगलवार, २८ जेष्ठ २०७६, आहाखबर

    बेझाड, २८ जेठ

    प्रदेश नं. ५ सरकारले सामूहिक रुपमा कृषि व्यवसाय गर्न रामपुरका दुई सहकारीलाई अनुदान सहयोग प्रदान गरेको छ । 

    अनुदान सहयोग प्राप्त गर्नेमा कृषि सहकारी र समृद्धि बहुउद्देश्यीय कृषि सहकारी संस्था रहेका छन् । दुबै सहकारीले रु ६\६ लाख अनुदान सहयोग प्राप्त गरेका छन् । 

    उक्त सहयोग रकमबाट समृद्धि बहुउद्देश्यीय कृषि सहकारीले रामपुर नगरपालिका–३ स्थित कीर्तिपुरमा बेमौसमी तरकारी खेती शुरु गरेको छ । सहकारीमा आबद्ध पन्ध्र जना युवाले अनुदान पाएपछि अहिले व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेका हुन् । 

    तीस रोपनी जग्गा भाडामा लिएर टनेलमा तरकारी खेती शुरु गरेको सहकारीका अध्यक्ष यमबहादुर सारु बताउनुहुन्छ । “प्रदेश सरकारबाट बजेट परेपछि समूहमा मिलेर तरकारी खेती शुरु गर्न थालेका छौँ, कीर्तिपुर क्षेत्रलाई हरियाली तरकारीमय बनाउने योजना छ”, उहाँले भन्नुभयो ।

    सहकारीले वार्षिक रु ९० हजार बुझाउने गरी जग्गा भाडामा लिएर व्यवसाय शुरु गरेको हो । काँक्रा, खुर्सानी, घिरौँला, करेला, गोलभेँडा जातका तरकारी लगाएर मनग्य आम्दानी गर्ने सदस्य गङ्गाबहादुर राना बताउनुहुन्छ । “लगानी प्रदेश सरकारले गरिदिएपछि व्यवसाय सञ्चालन गर्न सजिलो भएको छ, तरकारी बिक्रीबाट लिएको रकम पूरै बचत गर्न पाइनेछ”, उहाँले भन्नुभयो । सिँचाइको पर्याप्त सुविधा रहेको यो क्षेत्रमा तरकारी खेती गरेर कृषकले राम्रो कमाई गर्न सक्नेछन् । 
       
    सूर्योदय कृषि सहकारी संस्था रामपुरले प्रदेश सरकारबाट रु छ लाख अनुदान सहयोग पाएपछि उखु खेती विस्तार गरेको छ । करीब ७० रोपनी क्षेत्रफलमा उखु लगाउँदै आएको सहकारीले अहिले क्षेत्रफल विस्तार गरी १२० रोपनीमा पु¥याएको छ । रामपुर क्षेत्रमा हराउँदै गरेको उखु खेतीलाई पुनः जगेर्ना गर्ने उद्देश्यले विगत तीन वर्षअघि देखि सहकारीले समूहमा उखु खेती गरिरहेको छ । उखु खेतीका लागि प्रोत्साहन दिँदै व्यावसायिक रुपमा विस्तार गर्न प्रदेश सरकारबाट अनुदान रकम प्राप्त भएको सहकारीका अध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउनुहुन्छ ।

    “रामपुरमा उखुको व्यावसायिक खेती हराइसकेको थियो, उखु खेतीलाई लोप हुन नदिनका लागि सहकारीले व्यावसायिक रुपमा खेती गरिरहेको छ, प्रदेश सरकारबाट प्राप्त बजेटले व्यवसायमा ठूलो राहत मिलेको छ”, उहाँले भन्नुभयो ।

    गएको वर्ष मात्र उखु खेतीबाट करीब साढे चार लाख बराबरको कारोवार गर्न सफल भएको छ । रामपुर नगरपालिका क्षेत्रमा समूहमा लगाइएको सामूहिक उखु खेतीमा अहिले धेरैको आकर्षण बढेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast