बिहिवार, असोज २, २०७६
    बैंक-बीमा

    सिभिल बैंक लिमिटेडको ७७ औं शाखा सिराहाको गोलबजारमा

    मंगलवार, २८ जेष्ठ २०७६, आहाखबर

    सिराहा, २८ जेठ । 

    सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहा जिल्लाको गोलबजारमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सोमबा एक कार्यक्रमबीच गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गर्नुभयो ।

    उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, पत्रकार महासंघका सभापति राम बाबु यादव, प्रहरी निरीक्षक नविन घिमिरे तथा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गोलबजारको बढ्दो आर्थिक गतिबिधिसंगै सिभिल बैंकले पनि आफ्नो शाखा उक्त क्षेत्रमा बिस्तार गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

    सिभिल बैंकका प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । 

    सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने उहाँले बताउनुभयो । 

    सिभिल बैंकको यस गोलबजार शाखासहित बैंकको कुल शाखा संख्या ७७ पुगेकोे पनि बैंकले जनाएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast