कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    कला-सौन्दर्य

    फेसनेबल हुँदा नै मजा लाग्छ: नाजिर हुसेन

    मंगलवार, २८ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २८ जेठ । 
    म अलि–अलि स्टाइलिस छु । रिल लाइफमा मात्रै नभएर रियल लाइफमा पनि म फेसनेबल छु । र, फेसनमा अलिकति चुजी नै छु । मेरा लागि फेसन सामान्यजस्तै हो । किनकि, जे फेसन गर्दै जान्छु, त्यही सुहाएजस्तो लाग्छ ।

    सामान्यतया म आफूलाई सुहाउने फेसन गर्छु । फेरि, अभिनेताको नाताले पनि केही भिन्न त देखिनैप-यो । मलाई फेसन सोमा बोलाइरहेका हुन्छन् ।
     

    चलचित्र वीरविक्रमप्रति म निकै आभारी छु । यस फिल्ममा मैले चाहेको फेसन गर्न पाएका छु । उचित चरित्रमा देखिएको छु । दर्शकले रुचाइदिए पनि ।  फिल्ममा कथाले मागेको फेसन गर्नुपर्ने हुन्छ । र, त्यसमा जम्नु पनि प-यो । अहिलेको जेनेरेसनले पात्र कति स्टाइलिस छ चन्ने वाच गरेका हुन्छन् । स्टाइलिस देखिने फेसन गरेपछि नै हो । त्यो अवसर मैले वीरविक्रममा पाएँ । 

    फेसन परिवर्तनशील छ । रियल र रिलमा फेसन फरक छ । र युवा जेनेरेसनले रिलमा हेरेर भन्दा रियलमा फेसन पछ्याइसकेको देखेको छु । त्यही एउटा पात्र म पनि हुँ । पछिल्लो फेसनप्रति कतिपयले तिक्तता पनि पोख्ने गर्छन् । मेरो बुझाइमा फेसनलाई आर्टको रूपमा हेरिनुपर्छ भन्ने हो । आफूलाई भने फेसनेबल हुँदा नै मजा लाग्छ । अहिले त फेसनले मानिसको व्यक्तित्व झल्काउने गर्छ । गुड लुकिङ देखिनुप-यो । त्यसैले म लगाउने मामलामा सचेत छु । 

    नयाँ पत्रिकामा नायक हुसेनले लेखेका छन्- म अलि कालो छु । त्यसैले होला, मलाई डार्क कलरले बढी ध्यान तान्छ । डार्क लाइट भएका लुगामा फिट हुन्छुजस्तो लाग्छ । मलाई ब्लु पनि कलर पनि मन पर्छ । ब्लु कलरको सुट, सर्ट, क्याप मन पर्छन् । यसले कलरफुल देखाउँछ । हुन त मलाई डार्क ग्रिन पनि उस्तै मन पर्छ । कार्यक्रममा जाँदा प्रायः ह्वाइट वा पिच यल्लो कलरका लुगा लगाएको हुन्छु । यसमा म खुल्छु । यस्ता लुगा बनाइदिन मेरा साथीहरूलाई भनिरहेको हुन्छु । एजिएफ -याम्प नेपालबाट पनि लुगा मगाइरहेको हुन्छु । अनि बनाइदिन्छिन्, मेरो साथी सोनिया गुरुङले । सोनियाले मेरो स्टाइललाई ध्यानमा राखेर बनाउँछिन् । उनको डिजाइन मन पर्छ । 

    सामान्यतया, म सुट लगाउँदिनँ । तर, कोसिस भने गरिरहेको हुन्छु । तर, सुट लगाइहालेँ भने ब्रिटिस स्टाइलमा डबल बटनवाला कोट प्रिय लाग्छ । यसमा म आफूलाई निकै चकलेटी देखिन्छुजस्तो लाग्छ । आफूले गरेको फेसनको तारिफ अरूबाट सुन्दा खुसी लाग्छ ।काठमाडौंका डिजाइनर युवी थापाले पनि मेरा लागि डिजाइन गरिदिनुभएको छ । अहिले म चितवनमा छु । यहाँको थारू कल्चर झल्किने लुगा लगाइरहेको छु । जस्तै, अहिले रञ्जित क्षेत्रीले डिजाइन गरेको धोती कुर्ता लगाइरहेको छु । म यहाँ फेसन सो प्रोग्रामकै लागि आएको हुँ ।

    मलाई सिजेनबल फेसन गर्न खुब मन पर्छ । अहिले तराईतिर गर्मी छ । यसवेला हलुका खालका लुगा लगाउने गर्छु ।  टिपिकल लुगामा पनि ध्यान जान्छ । भूगोल र परिवेश हेरेर फेसन गर्न अझ मन लाग्छ, मलाई । कल्चरबेसको फेसनमा पनि म उत्तिकै चुजी छु । ड्रेस अनुसारका स्पोर्टस् सुज छान्छु । आफूसुहाउँदो कलरका जुत्ता मन पर्छ । एक्स, नाइकजस्ता कम्पनीका जुत्ता बढी लगाउँछु । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast