रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन #आहा खबर# प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर# सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए #आहा खबर#
    आर्थिक खबर

    भारत निकासीमा पहिलोपटक ‘नगद अनुदान’ व्यवस्था

    मंगलवार, २८ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २८ जेठ । 

    सरकारले छिमेकी मुलुक भारत निकासीमा पहिलोपटक नगद अनुदान दिने व्यवस्था गरेको छ । यसअघिसम्म भारतबाहेक अन्य तेस्रो मुलुकमा निकासी गरेबापत मात्रै सरकारले नगद अनुदान दिने गरेको थियो । स्वदेशी उत्पादनको प्रवद्र्धन गरी विदेशी वस्तुको आयात प्रतिस्थापन गर्न अहिले सरकारले तरकारी, फूल, अलैंची, सुँठो र जुत्तामा ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको हो । 


    अब सरकारले तरकारी, फूल, अलैंची, सुँठो र जुत्ता भारत पठाउँदा ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान दिनेछ

    नेपाल–भारत रेल सेवा सम्झौता संशोधन गर्नका लागि भारतमा भएको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा नेपाल र भारतबीच यस्ता वस्तुहरको भारत निर्यातमा नगद अनुदान दिने व्यवस्थामा समझदारी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले सरकारले पहिलोपटक भारत निकासीमा नगद अनुदान दिने व्यवस्था गरेको जानकारी दिए । उनले स्वदेशी निकासीजन्य वस्तुको उत्पादन बढाई आयात प्रतिस्थापनका लागि यस व्यवस्था निकै उपयोगी र फलदायी हुने अपेक्षा गरिएको बताए । 
     

    यसैगरी, स्वदेशी जुत्तामा ३ प्रतिशत अनुदान दिने निर्णय गरेको जानकारी गराउँदै सचिव अधिकारीले भने, ‘यसअघि सरकारले तेस्रो मुलुक निर्यात गरेबापत ५ प्रतिशत नगद अनुदान दिँदै आएको थियो ।’ उनले अहिले सरकारले भारत निकासी गर्दा पनि पहिलोपटक अनुदान पाइने व्यवस्था गरेको बताए ।

    मन्त्रालयका सचिव अधिकारीका अनुसार जुत्तालाई पहिलोपटक सूचीमा समावेश गरिएको हो । यसअघि तेस्रो मुलुक जुत्ता निर्यात हुँदा नगद अनुदानको व्यवस्था थिएन, अहिले भारतसहित तेस्रो मुलुक निर्यात गर्दा अनुदान पाइन्छ । यसअघि उद्योगी÷व्यवसायीले तेस्रो मुलुक मात्रै नभई भारत निकासी गर्दा पनि नगद अनुदान दिन माग गर्दै आएका थिए ।

    तेस्रो मुलुकको तुलनामा भारतमा निकासी धेरै हुने र भारतीय रुपैयाँ पनि हाम्रा लागि अत्यावश्यक भइसकेको जानकारी गराउँदै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले भने, ‘सरकारले सकारात्मक सुरुवात गरेको छ । तर, यति मात्रै उत्पादनलाई निकासी अनुदान दिएर पुग्दैन अझै थप बढाउँदै लैजानुपर्छ ।’ उनले अब सरकारले कति प्रतिशत मूल्य अभिवृद्धि गरेका उद्योगलाई नगद अनुदान दिने हो, त्यो तय गर्नुपर्ने बताए । उनले जुन उद्योगले सरकारले बनाएको मापदण्ड पूरा गर्छन् अब ती उद्योगलाई नगद अनुदान दिनुपर्ने धारणा राखे ।

    २० देखि २५ प्रतिशत मूल्य अभिवृद्धि गरेर निकासी गर्ने उद्योगलाई नगद अनुदान दिँदा मुलुकको व्यापार घाटा घटाउन मद्दत पुग्ने बताउँदै मोरले भने, ‘अहिले सरकारले पाँचवटा मात्रै वस्तु भारत निकासी हुँदा अनुदान दिने भनेको छ , अझै यसलाई बढाउनुपर्छ ।’ अहिले यस मन्त्रालयले मूल्य अभिवृद्धिका लागि दुईवटा मापदण्ड बनाएको छ । ५० प्रतिशत मूल्य अभिवृद्धि गर्नेलाई ५ प्रतिशत र ३० प्रतिशत मूल्य अभिवृद्धि गर्नेलाई ३ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेको छ । अन्य व्यवसायीहरूले पनि सरकारले भारत निकासीलाई पहिलोपटक निकासीको रूपमा लिनु एकदमै स्वागतयोग्य काम भएको बताएका छन् ।

    सरकारले यसअघि नै भारत निकासीलाई निकासीको रूपमा लिनुपर्ने हो । किनभने, अहिले पनि भारतसँगै हाम्रो व्यापार घाटा बढी छ, सरकारको यो कदमले भारतसँगको घाटा कम हुन सक्ने उनीहरूको भनाइ छ । उनीहरूले सरकारले अहिले निर्धारण गरेको सूची एकदमै कम भएकाले अब यस सूचीलाई थप बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । जति प्रतिशत मूल्य अभिवृद्धि गर्छन् सोहीअनुसार नगद अनुदान दिनुपर्ने माग गर्दै उनीहरूले सरकारले दिने भनेको नगद अनुदान लिन सहज र सरल हुनुपर्ने बताएका छन् । अनुदान सुविधा लिन पनि एकदमै झमेला बेहोर्नुप¥यो भने त्यो पनि काम लाग्दैन भन्दै व्यवसायीहरूले जतिसक्दो छिटो र सरल तरिकाबाट अनुदान दिने व्यवस्था मिलाउन माग गरे ।

    नेपालमा भारतीय रुपैयाँको अभाव हुने गरेको र डलर साटेर भारुमा किन्नुपर्ने अवस्था आइरहेको सरकारी निर्णयले उद्योगीलाई उत्साह जगाएको उनीहरूको भनाइ छ । ‘सरकारले जुत्तालाई पहिलोपटक नगद अनुदानको सूचीमा राखेको समाचार राजधानी दैनिकमा छ ।  यो मुद्दा निजी क्षेत्रले धेरैपटक उठाइरहेको ती व्यवसायीको भनाइ छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast