सलमानको ‘भारत’ दुई सय करोड क्लबमा सामेल ! यस्तो छ ग्रस कलेक्सन #आहा खबर# प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर#
    पर्यटन समाचार

    नगरकोट पुग्ने पर्यटकलाई अब लाग्नेछ यति शुल्क

    मंगलवार, २८ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २८ जेठ । 
    नगरकोट पुग्ने पर्यटकले पुनः प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्त रूपमा प्रवेश शुल्क उठाउने र संकलित रकम नगरकोटकै विकासमा खर्च गर्ने सहमति गरेका छन् ।

    आगामी आर्थिक वर्ष ०७६/७७ को साउनबाट प्रवेश शुल्क उठाउन दुई नगरपालिकाबीच सहमति भएको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले बताए । उनका अनुसार अब सार्क क्षेत्रका पर्यटकले दुई सय ५० रुपैयाँ र सार्कबाहिरका पर्यटकले तीन सय ५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

    आगामी वर्ष तीन करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेका छन् । ‘राजस्वका लागि दुई नगरपालिकाको संयुक्त खाता खोल्ने र संकलित रकमले नगरकोटमै पर्यटकीय पूर्वाधार खडा गर्ने सहमति भएको छ, टेन्डर लगाउन अनुमानित तीन करोड रुपैयाँ नघट्ने गरी प्रस्तावसमेत आह्वान गरिएको छ’ मिश्रले भने ।

    नगरकोट आउने पर्यटकबाट दुई नगरपालिकाले छुट्टाछु्ट्टै शुल्क उठाउने निर्णय गरी ठेक्का लगाएका थिए । तर, स्थानीय र व्यवसायीले दोहोरो कर लगाइएको भन्दै विरोध गरेपछि चाँगुनारायण नगरपालिकाले प्रवेश शुल्क लिने निर्णय फिर्ता लिएको थियो । 

    भक्तपुर, काठमाडौं र काभ्रेको सीमाक्षेत्र नगरकोटको अधिक भू–भाग चाँगुनारायण नगरपालिकामा पर्छ । तर, मण्डन देउपुर नगरपालिकाले भने चालू वर्षमा पनि सबै पर्यटकलाई प्रवेश शुल्कबापत तीन सय ३९ रुपैयाँ उठाइरहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast