बिहिवार, असोज ३०, २०७६
    ओएमजी Omg!

    नरेन्द्र मोदीको मेकअपमा मासिक ८० लाख भारु खर्च ?

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर

    नयाँदिल्ली, २७ जेठ । 

    अहिले भारतमा अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान  प्रधानमन्त्री नरेन्द्र मोदीले मेकअप गरिरहेको एक भिडियोले तानिरहेको छ । सो भिडीयोमा केही मेकअप आर्टिस्ट प्रधानमन्त्री मोदीको वरिपरि देखिन्छन् ।

    अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो शेयर गर्दै मोदीको मेकअपमा मासिक ८० लाख भारतीय रुपैंया खर्च हुने गरेको उल्लेख गरिरहेको बिबिसीले समेत उल्लेख गरेको छ । 

    वास्तविकता भने फरक छ । यो भिडियो सन् २०१६मा बेलायतको राजधानी लन्डनस्थित म्याडम तुसाद म्युजियमले तयार पारेको हो ।

    म्युजियममा विश्वका प्रभावशाली नेताहरुको प्रतिमा राख्ने गर्छ । यसैका लागि मोदीको प्रतिमा बनाउने तयारीका क्रममा यो भिडियो बनाइएको थियो । म्युजियमले त्यसैबेला यो भिडियो युट्युबमा राखेको थियो ।

     

    यस्तो छ वास्तविकता

    अहिले सोशल मिडियामा भाइरल भैरहेको सो भिडियो केही वर्ष पुरानो सावित भएको छ । मोदीको मेकअपमा कति खर्च हुन्छ भन्ने विषयमा पनि आरटीआइ परेको नपाइएको बिबिसी हिन्दीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । भिडियोमा देखिएको दृश्य मोमबाट बनाइने पुत्लाका लागि मोदीको नाप लिदै गर्दाको भएको पुष्टी भएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast