सोमबार, मंसिर २, २०७६
    राज्य-समाज

    पुल उद्घाटन गर्न गएका मन्त्री रघुवीर महासेठको गाडी खोलामा डुबेपछि...

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २७ जेठ

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी स्याङ्जाको एक खोलामा डुबेको छ ।

    सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री महासेठ सवार बा २ झ ४०२९ नम्बरको गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको बताइएको छ। मन्त्री महासेठ रहेको उक्त गाडी खोलामा आधा डुबेको जनाइएको छ ।

    सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई सकुशल बाहिर निकालिएको थियो। खोलामा फसेको उक्त गाडी क्रेनको मदतले बाहिर निकालिएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast