सलमानको ‘भारत’ दुई सय करोड क्लबमा सामेल ! यस्तो छ ग्रस कलेक्सन #आहा खबर# प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर#
    राज्य-समाज

    पृथ्वीनारायण शाहको मृत्युको कारण 'बाघको आक्रमण' कि रोग ?

    सोमबार, २७ जेष्ठ २०७६, केवल प्रसाद सापकोटा.

    काठमाडौँ, २८ जेठ

    नेपाल राष्ट्रका एकिकरणकर्ता पृथ्वीनारायण शाहसँग सम्बन्धित कतिपय तथ्यका बारेमा आमनेपाली अनभिज्ञ रहँदै आएका छन् । 

    वि.सं. १८३१ माघ १ गते मृत्यु भएका भनिएका पृथ्वीनारायण शाहको मृत्युका विषयमा इतिहासकारहरू एकमत छैनन् ।

    आधुनिक नेपालका निर्माता मानिएका पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन्।

    तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने।

    साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्य सहित धेरै राज्यलाई एकीकरण गरेका थिए।

    उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो।

    तर उनको मृत्युको कारणबारे इतिहासकारहरू एकमत छैनन्।

    बडामहाराजधिराज पनि भनिने पृथ्वीनारायण शाहको मृत्यबारे कस्ता धारणा देखिएका छन् र प्रामाणिक तथ्यहरूले के भन्छन्?

     

    सामान्य ज्वरोका कारण मृत्यु

    उपत्यका विजयपछि पूर्वअभियानलाई सिक्किमसँगको सम्झौतापछि टुंग्याएका पृथ्वीनारायण शाहले त्यसपछि पश्चिम विजय अभियान थाल्नुअघि पृथ्वीनारायण शाह विश्रामका लागि काठमाडौंबाट नुवाकोट पुगेका थिए ।

    त्यहीँ उनको मृत्यु सामान्य ज्वरोका कारण भएको इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा उल्लेख गरेका छन् ।

    ज्वरोले सिकिस्त भएपछि पृथ्वीनारायण शाहलाई राजवैद्यहरूबाट उपचार सम्भव नभएपछि तादी र त्रिशूली नदीको दोभानस्थित देवीघाटमा लागिएको थियो । त्यहीँ ९ दिनपछि बिहान ७ बजे उनको मृत्यु भएको उक्त पुस्तकमा उल्लेख छ ।

     

    बाघको आक्रमणबाट घायल !

    यता भारतीय लेखक विराजद्वारा लिखित तथा आत्माराम एन्ड सन्सद्वारा सन् २०१० मा प्रकाशित गरेको ‘नेपालेश्वर’ शीर्षकको उपन्यासमा पृथ्वीनारायण शाहको मृत्यु बाघ (त्रिशूली क्षेत्र बाघको प्राकृतिक बासस्थान होइन, चितुवा हुनसक्छ ।) को आक्रमणबाट भएको उल्लेख गरिएको छ । (बाघको आक्रमणबाट घायल भएको कुरा रामजीप्रसाद उपाध्यायले पनि लेखेका छन्)

    पुस्तकका अनुसार पृथ्वीनारायण शाह सिकार खेल्न पोख्त थिए । उनी बाघका लागि अन्य जनावर मारेर पासो थाप्थे भने बाघ सिकार खान आएको मौका पारी तरबारले सोझैं आक्रमण गर्थे ।

    उक्त पुस्तकका अनुसार आफ्नो मृत्युअघि पनि उनी आफ्नो सिकारी दलबलसहित त्रिशूली किनारतिर गएका थिए । सम्पूर्ण तयारीपछि उनको दलबलले बाघलाई पासोमा पारेको थियो ।

    बाघलाई वरिपरिबाट अन्य सिकारीहरूले घेरा हालिसकेपछि पृथ्वीनारायण शाहले बाघमाथि तरबारले आक्रमण गरे, तर आफूतिर अघि बढिरहेका पृथ्वीनारायण शाहमाथि उक्त बाघले अचानक झम्टेर उनको गर्धन नै समात्यो ।

    त्यसपछि पृथ्वीनारायण शाहलाई बचाउन उनका सहयोगीहरूले उक्त बाघमाथि आक्रमण गरेका थिए । बाघ भागेपछि पृथ्वीनारायण शाहलाई घाइते अवस्थामै शिविरमा ल्याइएको थियो, जहाँ राजवैद्यले उनको उपचार गरेका थिए ।

    बाघले पृथ्वीनारायण शाहलाई दिएको चोट यति गहिरो थियो कि उनको उपचार सम्भव हुन सकेन । आफ्नो अन्तिम अवस्था बुझिसकेका पृथ्वीनारायण शाहले आफूलाई देवीघाट पुर्या उने आग्रह गरे । जहाँ पुग्दा नपुग्दै उनको मृत्यु भयो ।

     

    पृथ्वीनारायण शाहको जीउमा फोकैफोका !

    विसं १९९२ मा भारतको दार्जेलिङबाट सूर्यविक्रम ज्ञवालीले निकालेको 'पृथ्वीनारायण शाह' नामक कृतिमा तत्कालीन सिक्किम र तिब्बततिरका मानिसहरूले सुने अनुसार 'पृथ्वीनारायण शाहको जीउमा फोकैफोका आएको थियो र त्यही घाउका कारण उनी बिते' भन्ने विवरण दिइएको छ।

    विसं २००७ सालमा भारतकै बनारसबाट छापिएको रामजी उपाध्यायको 'नेपालको इतिहास अर्थात् दिग्दर्शन' भन्ने पुस्तकमा 'पृथ्वीनारायण शाहले सिकार खेल्न जाँदा उनलाई बाघले झम्टियो र उनी त्यसलाई मार्न समर्थ भएनन् र त्यसैबाट उनको मृत्यु भयो' भन्ने उल्लेख छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast