सलमानको ‘भारत’ दुई सय करोड क्लबमा सामेल ! यस्तो छ ग्रस कलेक्सन #आहा खबर# प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर#
    अध्यात्म चर्चा

    महाभारतको रहस्यमा लुकेका कथा, ५ सुनका तीरदेखि कर्णको अन्तिम परिक्षासम्म

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २७ जेठ 

    संस्कृतमा लेखिएको दुई मध्येको एक ठुलो ग्रन्थ ‘महाभारत’ कथै कथाले भरिएको छ । १ लाख भन्दा बढी श्लोकले यो बाइबल भन्दा ३ गुणा ठुलो ठहरिन्छ । भनिन्छ, ‘यहाँ जे भेटिन्छ, त्यो अन्तत्र पनि भेटिन्छ तर यहाँ जे भेटिदैन त्यो अन्तत्र कतै पनि भेटिदैन ।’ आउनुहोस्, महाभारतका केही नबताइएका कथा पढौं ।


    पुराना दिन

    महाभारतको युद्ध हुनु भन्दा धेरै पहिले, जब पाण्डव वनवास गएका थिए कथा त्यो बेलाको हो । दुर्योधन पनि पाण्डवहरु बसेको पोखरीको अर्को पट्टी बस्न पुगे। पोखरीमा नुँहाउदै गर्दा स्वर्गबाट केही गन्धर्वहरु झरे। मुर्ख बुद्धिका दुर्योधन कुनै कारण बिना नै गन्धर्वहरु माथी जाइलागे। हार पछि दुर्योधनलाइ समातियो। नजिकै रहेका अर्जुनले थाह पाइ दुर्योधन छुटाउन आए। क्षत्रीय भएको नाताले दुर्योधनलाई यो घटना निकै लाजमर्दो भयो। दुर्योधनले अर्जुनलाई वर माग्न भने। जहिले आवश्यक पर्छ सोही बेला वर माग्ने अर्जुनले बताए।

     

    अर्जुनले मागेको वर

    महाभारतको युद्ध हुदै गर्दा एक रात, भगवान कृष्णले अर्जुनलाई पुरानो वरको बारेमा सम्झाउदै दुर्योधनसंग पाँचवटा सुनका तीर मागेर ल्याउन भने। अनि सोही पाँच तीर वरको रुपमा माग्न अर्जुन दुर्योधनकोमा पुगे । क्षेत्रीय धर्म अनुसार दिएको वचन पुरा गर्नुपर्ने भएकाले दुर्योधनले दिन्न भन्न सकेनन। तीर दिइसकेपछि दुर्योधनले सोधे, ‘कसले भन्यो सुनको तीरको बारेमा?’ अर्जुनले भने, ‘भगवान कृष्ण’।

    अर्को पाँच सुनका तीर माग्न दुर्योधन फेरी भिष्मको पुगे। दुर्योधनलाई त युद्ध जित्नु थियो। तर भिष्म हाँस्न लागे अनि अब फेरी त्यस्तै ५ तीर दिन सम्भव नहुने बताए। आफैले अविस्वास गरि तीर नमागेको भए, अर्जुनले ती तीर भेट्थेनन, अनि भिष्मले आफ्नो वचन पुरा गर्न पाउँथे, पाण्डवको मृत्युपछि दुर्योधनले युद्ध जित्थे। जुन हुन पाएन।

     

    दोर्णाचार्यको जन्म
    mahabharat story (3)
    पाण्डव अनि कौरवका गुरु, दोर्णाचार्यको जन्म निकै रोचक छ। दोर्णाचार्यलाई संसारकै पहिलो ‘टेस्ट टयुव वेबी’ भन्दा फरक नपर्ला। ऋषि भारद्वाज दोर्णाचार्यका पिता हुन, अनि माता कृथजी नामकी अप्सरा।

    एक दिन ऋषि भारद्वाज बेलुकाको प्रार्थनाको लागि तयारी गर्दैथिए। गंगामा सधै झै नुहाउनको लागि हिडे। पुग्दा त देख्छन्, आफु सधै नुहाउने ठाउँमा निकै राम्री अप्सरा नुहाउदै छिन। भारद्वाजलाई देखेपछि ती अप्सरा गंगाबाट बाहिर आइन, केवल एक वस्त्र थियो उनको शरीरमा। अकस्मात ती अप्सराको एकसरो वस्त्रले धोका दियो, नदीको किनारामा आउदै गर्दा चिप्लिएर वस्त्र भुँईमा खस्यो।

    mahabharat story (2)मन्त्र मुग्ध भइ हेरिरहेका ऋषि भारद्वाजको वीर्य खस्यो। ऋषिले सो वीर्य माटोको भाडोमा जम्मा पारे। आश्रम लगे अनि अध्यारो ठाउँमा सुरक्षित राखे। दोर्ण सोही माटोको भाडोमा जन्मिएका थिए।

    द्रोणम को अर्थ भाडो हुन्, अनि द्रोणरको अर्थ हुन्छ माटाको भाडाबाट जन्मिएको ।

     

    कर्णको अन्तिम परिक्षा
    mahabharat story (1)
    कृष्णलाई कर्णको उदारता अन्तिम समयमा पनि जाँच गर्नु थियो। कृष्णले एक गरिब ब्राह्मणको रुप लिएर कर्ण सामु पुगे। कर्ण महाभारतको युद्ध भुमिमा रगताम्य थिए, जीवनको अन्तिम श्वास लिदै मृत्युको प्रतिक्षामा थिए।

    कृष्णले पुकारे, ‘कर्ण! कर्ण!’ कर्णले उत्तर दिए, ‘हे ब्राह्मण को हो तपाई?’ ब्राह्मणको रुप धरेका कृष्णले भने, ‘लामो समय देखि तिम्रो उदारताको कथा सुन्दै आएको छु, जे माग्यो त्यहि दिन्छौ रे। आज म तिमीसंग केही माग्न आएको छु’, ‘जे मागे पनि म दिन तयार छु’, कर्णले उत्तर दिए।

    ‘मलाई थौरै सुन चाहिएको छ’, कृष्णले कर्णसंग भने। कर्णले मुख खोले अनि दाँतको बिचमा भएको सुन देखाउदै भने, ‘म यी सुन दिन्छु, तपाइ यी लैजान सक्नुहुन्छ’। रिसाएको जस्तो स्वरमा कृष्णले भने, ‘के म तिम्रो दाँत झारेर ती सुन लिएर जाउँ। म कसरी त्यस्तो काम गर्न सक्छु्’, कर्णले नजिकैको ढुङ्गा उचाले अनि आफ्नो दाँतमा हिर्काएर सुनका ती दाँत ब्राह्मणलाई दान दिए।

     

    पाँच सुनका तीर
    mahabharat story (4)
    जब महाभारतको युद्धमा कौरवहरु पाण्डवसँग हार्दै थिए, एक रात दुर्योधन भिष्मलाई रिस पोख्न गए। पाण्डव प्रतिको स्नेशले मन लगाएर युद्धमा भाग नलिएको भन्दै दुर्योधनले भिष्मलाई दोष लगाउन थाले। भिष्म रिसले चुर भए, नजिकै रहेको पाँच सुनका तीर उठाए अनि मन्त्र जप्न थाले। उनले दुर्योधनको अगाडी, भोली तीनै पाँच सुनका तीरले ५ पाण्डवलाई मार्ने घोषणा गरे। भिष्मको सो घोषणामा विश्वास नगरी ती पाँचै तीर बिहान फर्काउछु भनि दुर्योधनले लगे।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast