आईतवार, भाद्र ८, २०७६
    प्रेरक प्रसँग

    “शताब्दी पुरुष” महात्मा गान्धी र उनका अहिंसाको सिद्धान्तप्रति युवा पीढी आकर्षित

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २७ जेठ

    छापाखानाको समयमा मानिन्थ्यो संसारमा सबैभन्दा बढी कसैको बारेमा लेखिएको छ भने त्यो ईसा मसीह हुन् । यसपछि कार्ल माक्र्स र महात्मा गान्धीको नाम लिइन्थ्यो ।

    दुनियाँ जब इन्टरनेटमा पस्यो तब धेरैको सोच थियो अब यो समीकरणमा फेर बदल आउनेछ किनकि मानिसले धर्ममा रुचि राख्न छोडेका छन्, त्यसैले ईसा मसीहलाई इन्टरनेटमा सर्च गरिने छैन् भने गान्धीले प्रविधिको विरोध गरेकोले उनको स्थिति पनि त्यही हुनेछ ।

    झन् विश्वबाटै साम्यवाद ढलिरहेको वर्तमान परिप्रेक्षमा कार्ल माक्र्सको सर्च त इन्टरनेटमा के होला । तर यदि तपाईंले गूगलमा जीसस (ईसा मसीह) को लागि सर्च गर्नु भयो भने १६.१० करोड रिजल्ट आउँछ । माक्र्सको सर्च गर्दा ३.६२ करोड र गान्धीको सर्च गर्दा १.९४ करोड रिजल्ट प्राप्त हुन्छ । माक्र्स र गान्धीको भन्दा बढी रिजल्ट केवल ‘ह्यारी पोटर’लाई प्राप्त हुन्छ ।

    अब गान्धी पूरा संसारमा महसुर भइसकेका छन् । उनको मृत्यु भएको साठी वर्ष भइसकेको छ । महात्मा गान्धीको बारेमा रोम्या रोला जस्ता लेखक, आइन्स्टाइन जस्ता वैज्ञानिक र मारिया लेसर्डा जस्ता नारीवादीहरुले धेरै नै लेखेका छन् ।

    महात्मा गान्धीको बारेमा रोम्या रोला जस्ता लेखक, आइन्स्टाइन जस्ता वैज्ञानिक र मारिया लेसर्डा जस्ता नारीवादीहरुले धेरै नै लेखेका छन् ।

    महात्मा गान्धीको विषयमा फिल्महरु पनि धेरै बनेका छन् । जस्तो अंग्रेजीमा जर्ज रबसनको निर्देशनमा १९६२ मा ‘नाइन आवर्स टू रामा’, १९८२ मा रिचर्ड एटेनबरोको निर्देशनमा अंग्रेजीमै ‘गान्धी’ र १९९६ मा श्याम बेनेगेलको निर्देशनमा अंग्रेजीमै ‘मेकिङ अफ द महात्मा’ बनेको थियो । त्यस्तै हिन्दीमा २००० मा कमल हसनद्वारा ‘हे राम’, २००५ मा जान बरुआद्वारा ‘मैने गान्धीको नही मारा’, २००६ मा निर्देशक राजकुमार हीरानीद्वारा ‘लगे रहो मुन्ना भाइ’ र २००७ मा निर्देशक फिरोज खानद्वारा ‘गान्धीः माइ फादर’ बनेका छन् । उनको बारेमा डकुमेन्ट्री त कति बने कति कुनै हिसाब छैन ।

    धेरैको मान्यता थियो कि गान्धी टेक्नोलोजीका विरोधी थिए तर २१ औं शताब्दी आउनासाथ सबै कुरा अचानक बदलियो दुनियाँमा महात्मा गान्धीको प्रगतिशिल छवि देखिन थाल्यो । अब यसो भन्न थालिएको छ कि गान्धी प्रविधि र आधुनिकताको विरोधी थिएनन् । मेरील्याण्ड विश्व विद्यालयका के रोनाल्ड जे टेरचेकको मान्यता छ कि गान्धीको सोच उत्तर आधुनिक थियो ।

    सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आज संसारका युवा पीढी अचानक गान्धीतिर आकर्षित हुन थालेका छन् र युवाहरु गान्धीबाट प्रभावित भइ पनि रहेका छन् । आज संसारमा धेरै राष्ट्रमा परिवर्तनको लागि गान्धीको अहिंसात्मक आन्दोलनको पथ खूब प्रयोग हुन थालेको छ । हिंसात्मक आन्दोलनको चपेटामा दश वर्ष मुछिएर रगतको आहालबाट भर्खरै निस्तार पाउँदै गएका हामी नेपालीले पनि १९ दिने जनआन्दोलन मार्पत् बुझेका छौं हिंसाको पीडा र अहिंसात्मक आन्दोलनको शक्ति ।

    यी महान् शान्तिवादी महात्मालाई नोबेल समितिले नोबेल शान्ति पुरस्कारको लागि समेत योग्य ठानेन । समितिले १९३७ देखि १९४८ सम्म पाँच पटक उनको नाम खारेज ग¥यो । तर दलाई लामालाई भने १९८९ मा नोबेल शान्ति पुरस्कार दिइयो । गान्धीलाई नोबेल पुरस्कार नदिनुमा जुन कारण थियो त्यो प्रश्न दलाई लामामा पनि लागू हुन्थ्यो । यसको कुनै जवाफ त दिइएको छैन तर पुरस्कार समारोहमा यसो चाहिं अवश्य भनियो, दलाई लामालाई दिएको नोबेल शान्ति पुरस्कार महात्मा गान्धीप्रतिको श्रद्धान्जली पनि हो तर महात्मा गान्धीलाई पुरस्कार नदिनु एक गल्ती थियो, यो स्वीकार गर्न नोबेल समितिलाई दश वर्ष अरु लाग्यो ।

    बीसांै शताब्दीका “शताब्दी पुरुष” भनेर चिनिने माहात्मा गान्धी नैतिकताको प्रबल पक्षधर र मानवताको पुजारी थिए । उनले आजीवन अन्याय र अनाचारको विरुद्ध संघर्ष गरेका थिए– फेरि त्यो संघर्षको क्षेत्र चाहे भारत होस् या दक्षिण अफ्रिका । गान्धीले सत्य र अहिंसाको बाटोमा हिंडेर अंग्रेजको दासताबाट भारतीय समाजलाई मुक्त गराएर नवभारतीय राष्ट्रको जग बसाएका थिए । यसैले उनी भारतका उद्धारक, निर्माता एवं जनकको रुपमा चिनिन्छन्  । भारतीय जनताले उनलाई राष्ट्रपिताको उपाधिले विभूषित गरेर आफ्नो श्रद्धासुमन अर्पित गरेका छन् । 

    गान्धीले सत्य र अहिंसाको बाटोमा हिंडेर अंग्रेजको दासताबाट भारतीय समाजलाई मुक्त गराएर नवभारतीय राष्ट्रको जग बसाएका थिए ।

    सत्य र अहिंसामा आधारित गान्धीको जीवन दर्शन गान्धीवादको नामले चिनिन्छ, जुन वास्तवमा एक गतिशील एंव विकासवादी जीवन दर्शन हो । लूई फिशरको शब्दमा गान्धी आफैंमा एउटा स्वच्छ एवं निर्बाध चिन्तनधारा भएका व्यक्ति थिए । 

    सर्वविदित छ कि महात्मा गान्धी एक नेताको रुपमा जनताको अगाडि त्यो बेला आएका थिए जब पहिलो विश्वयुद्ध पछि भारतीय जनता आर्थिक समस्याको शिकार भएका थिए । गान्धीले यो विरोधको मूलभावना बुझे र राष्ट्रिय स्तरमा कारवाहीको योजना बनाए, जसको उद्देश्य थियो आबादीको सबै भागलाई एकजुट गरेर एउटै मंचमा ल्याउनु । 

    साम्राज्यवादको विरुद्ध गान्धीको यो योजना सत्य र अहिंसामा आधारित थियो जस अन्तर्गत भष्टाचार निरोध, हिन्दी प्रचार, स्वदेशी प्रचार जस्ता कैयौं उपयोगी कार्यक्रम सामेल थिए । 

    सत्य र अहिंसा गान्धीवादी विचारधाराको मूलमन्त्र बनेको छ । साँच्चै भन्ने हो भने मोहनदास कर्मचन्द गान्धीलाई माहात्मा गान्धी बनाउने मन्त्र यही थियो जुन आप्mनो व्यावहारिक जीवनमा ढालेर उनले अंग्रेजसँग लडेर भारतलाई स्वतन्त्र बनाएका थिए ।  त्यसरी हेर्ने हो भने सत्य र अहिंसा गान्धीको निजी दिमागको उपज थिएन । यो त बुद्धको समयदेखि पृथ्वीमा निरन्तर चलिरहेको छ ।  गान्धीको सत्य र अहिंसाको सिद्धान्तमा एकातिर उनी सत्य र अहिंसाको कुरा गर्थे भने अर्कोतिर उनी क्रान्तिको नाममा हिंस्रक वातावरणलाई रोक्न सक्दैनथे ।  वस्तुतः अहिंसामा आधारित गान्धीवादी दर्शन व्यवहारमा मूलतः हिंसामा आधारित सामाजिवक व्यवस्थाको लागि सहायक थियो । देशका पूँजीपति वर्गले अहिंसाको गान्धीवादी अवधारणाको उपयोग एकै साथ दुई मोर्चामा बडो चतु¥याइँले गरे ।

    एकातिर ब्रिटिश साम्राज्यवादको विरुद्धमा र अर्कोतिर मजदुर र किसानको संगठित आन्दोलन तथा समाजवादको उदीयमान शक्तिको विरुद्धमा । निर्धन र गरीबको लागि आप्mनो तमाम प्रेम र स्नेह भएर पनि गान्धी एउटा यस्तो व्यवस्थाको समर्थन गर्छन् जसले अनिवार्यतः निर्धन र गरीब मानिसलाई जन्माउँछ र कुल्चन्छ किनकि अहिंसाप्रति आफ्ना तमाम उद्गार हुँदाहँदै पनि उनी एउटा यस्तो राजनीतिक तथा सामाजिक ढाँचाको समर्थन गर्छन्, जुन पूर्णतः हिंसा र दमनमा आधारित छ । 

    भारतीय धर्मग्रन्थको सत्य र अहिंसा सम्बन्धी सिद्धान्तको साथसाथै गान्धीको ईशावास्योपनिषदको यो वाक्यबाट पनि धेरै प्रभावित थिए– ईशावास्योपनिषद सर्वयत्किचि ज्जगत्याँ जगत” अर्थात् यो जगतमा  भएका सबै कुरा ईश्रमय हुन् । यो मन्त्रको व्याख्या उनले पालायनवादीको रुपमा गरेनन्, जस्तो कि धर्मको धन्धा गर्नेहरुले धेरैजसो गर्ने गर्छन् । यही विश्वासले उनको साथ कहिल्यै छोडेन र उनी विश्वासको त्याग गरेर गुफाबासी हुनसक्थे । वस्तुतः उनलाई मानवतामा विश्वास थियो । उनी भगवान्मा विश्वास राख्थे । त्यसैले उनलाई आफूप्रति विश्वास थियो । उनी प्रार्थना सभामा धेरैजसो भन्ने गर्थे, “म जन्मदै संघर्ष गर्ने मानिस हुँ, जो असफल हुन जान्दैन ।”

    यसैले उनले सामाजिक यथार्थबाट कहिल्यै अलग महसुस गर्न सकेनन् । उनको लागि यसको आसय थियो– एउटा मानिसलाई समस्त मानवताले तादात्म्य । उनको मान्यता थियो कि भगवान्लाई मानवताबाट अलग गरेर कतै अर्को स्थानमा पाउन सकिदैन । उनको दृष्टिमा, “भगवान्लाई पाउने एक मात्र उपाय उनलाई उनकै सृष्टिमा हेरियोस् र यो सृष्टिसँग एकात्म्य स्थापित गरियोस् ।”

    उनको दृष्टिमा अहिंसा एक नकारात्मक सिद्धान्त थिएन । यो नराम्रोको अहिंसात्मक रुपले प्रतिरोध गर्ने सिद्धान्त थियो । यसैले उनको सत्याग्रह नराम्रोको विरुद्ध अहिंसात्मक प्रतिरोध थियो । यही कारण हो कि साम्राज्यवादको विरुद्ध संघर्षमा अहिंसाको सिद्धान्त गान्धीको सर्वाधिक उपयोगी अस्त्र बनेको थियो । यसै अस्त्रबाट लेश भएर हजारांै नरनारी हाँसीहाँसी गिरप्mतार हुन्थे, ब्रिटिश शासनप्रति आम जनताको विरोधको प्रतिनिधित्व गर्थे । 
     
    गान्धी मानवतावादी धर्मका पक्षधर थिए । उनी धर्मलाई हिन्दू, मुसलमान, इसाई, बौद्ध, जैन आदिमा अलग अलग होइन, बरु सबै जातिमा र वर्गमा समान रुपले व्याप्त देख्थे । उनको भनाइ थियो सबै धर्मको लक्ष्य एक हो । हामी धर्मलाई होइन धर्मका सहायक अंगलाई धेरै महत्व दिन्छौं । आत्मामा प्रतिष्ठित भगवान्को मन्दिरलाई होइन, त्यसको खम्बा र भित्तालाई धेरै महत्व दिन्छन् जुन मन्दिरलाई ढल्नबाट बचाउनको लागि बनाइएको हुन्छ । धर्मको उपांग बाहिरी परिस्थितिबाट निर्मित हुन्छ र कुनै जातिको परम्पराले त्यसलाई आफ्नो  अनुरुप ढाल्छ ।”

    गान्धी धर्मलाई हिन्दू, मुसलमान, इसाई, बौद्ध, जैन आदिमा अलग अलग होइन, बरु सबै जातिमा र वर्गमा समान रुपले व्याप्त देख्थे । 

    स्वतन्त्र भारतमा आदर्श रामराज्यको जुन कल्पना गान्धीले गरेका थिए त्यो पनि सत्य र अहिंसामा आधारित थियो । 

    स्वतन्त्र भारतमा आदर्श रामराज्यको जुन कल्पना गान्धीले गरेका थिए त्यो पनि सत्य र अहिंसामा आधारित थियो । उनको रामराज्यमा अराजकतावादी शासन व्यवस्थालाई स्थान दिइएको थियो, जहाँ सबै मानिस यति संयमशील एवं अनुशासित हुनेछ कि राज्यलाई कानुनको आवश्यकता नै हुनेछैन । आम जनजीवन निर्भय हुनेछ । त्यसमा दुर्गुणको कुनै स्थान हुनेछैन । गान्धीको दृष्टिमा त्यही राज्य श्रेष्ठ हो जसले कमसेकम शासन गर्छ । 

    स्वराज्यको सम्बन्धमा उनको भनाइ थियो स्वराज्य केही मानिसले अधिकार प्राप्त गर्नाले प्राप्त हुँदैन । स्वराज्य त्यो बेला प्राप्त हुन्छ जब सबै मानिसमा यति शक्ति आउने छ कि सत्ताको दुरुपयोग हुनाले सत्ताधारीहरुको विरोध गर्न सकियोस् । अर्को शब्दमा स्वराज्य प्राप्ति त्यो बेला हुनेछ जब जनतालाई यति शिक्षित गरिन्छ कि ऊ सत्ताको सन्तुलन एवं नियन्त्रण गर्न सकुन् ।

    महात्मा गान्धी स्वदेशी प्रेमी थिए । सबै स्वदेशी वस्तु र व्यक्तिप्रति उनको मनमा प्रेम थियो । उनी स्वदेशी कला एवं कार्यलाई प्रोत्साहित गर्न चाहन्थे  ताकि गरीबको चूलो बलिरहोस् । यदि आम आवश्यकताको सबै चीज विदेशबाट पूर्ति हुन्छ भने स्वदेशी कामदारको के काम । यसै उद्देश्यले उनले स्वदेशी आन्दोलन शुरु गरेका थिए, जस अन्तर्गत स्वदेशी वस्तुको प्रचार एवं विदेशी वस्तुको बहिस्कार गरिन्थ्यो । यसै आन्दोलनको कारणले लाखौं रुपैयाँको विदेशी वस्त्र जलाइयो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast