गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर# ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल #आहा खबर#
    राज्य-समाज

    विपद् व्यवस्थापनमा सहकार्य र ऐक्यबद्धता आवश्यक : गृहमन्त्री थापा

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २७ जेठ । 

    गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न दक्षिण एशियाली मुलुकबीच आपसी सहकार्य र ऐक्यबद्धता आवश्यक भएको बताउनुभएको छ ।  
     
    सोमबारदेखि यहाँ शुरु भएको ‘विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन’को उद्घाटनका क्रममा उहाँले यो समस्या कुनै स्थानीय तह वा एउटा देशको मात्र नभइ सम्पूर्ण विश्वको समस्या हो भन्नुभयो । 
     
    गृहमन्त्री थापाले विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तन जस्ता विषय राष्ट्रको विकाससँग जोडिएको उल्लेख गर्दै यसमा आइपर्ने चुनौती समाधानमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । विकसित देशका विकास नीतिको परिणाम प्राकृतिक विपद् र जलवायु परिवर्तनमा समस्या उत्पन्न भएको बताउँदै उहाँले विद्यमान नीतिलाई निरन्तरता दिने कि परिवर्तन गर्ने आजको प्रमुख प्रश्न हो भन्नुभयो । 
     
    उहाँले विकासशील राष्ट्रले जलवायु परिवर्तनमा नखाएको विष लागेको भन्दै यसका विरुद्ध दक्षिण एशियाली मुलुकहरुबीच ऐक्यबद्धता र सहकार्य गरी आवाज उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । दुई दिनसम्म हुने सम्मेलन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एशिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा भएको हो । 
     
    कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले स्थानीय तहसँगको सहकार्यले पुनःनिर्माणमा तीव्रता आउनुका साथै सहज भएको उल्लेख गर्नुभयो । साथै उहाँले भूकम्पपछिको पुनःनिर्माणका उपलब्धि र त्यसको दिगोपनासम्बन्धी विशेष प्रस्तुति दिनुभएको थियो ।

    सम्मेलनमा नेपालका करीब ४५, माल्दिभ्सि र भुटान बाहेक दक्षिण एशियाली मुलुकका २५ गरी कूल ७० स्थानीय तहका जनप्रतिनिधि र स्थानीय सरकार विषयका विज्ञको सहभागिता छ । सम्मेलनमा विभिन्न मुलुकका सहभागी विज्ञले विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकाका बारेमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । 
     
    सम्मेलनका विभिन्न सत्रमा विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विज्ञ, गाउँपालिका र नगरपालिका प्रमुखको प्रस्तुति रहने छ । विपद्, पुनःनिर्माण लगायतका विषयमा तुलनात्मकरूपमा अनुभव आदानप्रदान गर्ने र भावी रणनीति बनाउन सहयोग पु¥याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । 
     
    स्थानीय तहसँगको सहकार्यमा नेपालमा निजी आवास पुनःनिर्माणले फड्को मारेको र प्राप्त उपलब्धि तथा अनुभवबाट अन्तर्राष्ट्रिय समुदायलेसमेत सिक्न सकुन भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast